एसियाली खेलकुद : मुकेशले बनाए नयाँ राष्ट्रिय कीर्तिमान, क्रिकेटमा नेपाल बाहिरियो
आइची नागोया, जापान असोज १३ । २०औँ एसियाली खेलकुदअन्तर्गत मंगलबार विभिन्न खेलमा नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्। एथलेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ भने क्रिकेटमा नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको छ। एथलेटिक्समा मुकेशको नयाँ राष्ट्रिय कीर्तिमान पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। उहाँले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्नुभयो।…


