इजरायल भ्रमणमा रहेका नेपाली मेयरहरूले आपत्कालीन सेवा प्रणालीको अवलोकन, सहकार्य विस्तारमा जोड

मिति: २०८३ असार २७ गते, शनिबार काठमाडौं। इजरायल भ्रमणमा रहेका नेपाली स्थानीय तहका प्रमुखहरूले इजरायलको राष्ट्रिय आपत्कालीन चिकित्सा तथा उद्धार सेवा संस्था मागेन डेभिड अडोम (एमडीए) का अत्याधुनिक सेवा तथा पूर्वाधारको अवलोकन गरेका छन्। इजरायलको विदेश मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखा र एमडीएको सहकार्यमा आयोजित म्युनी एक्स्पो २०२६ अन्तर्गत विश्वका ३० जना मेयरले रामला र जेरुसेलमस्थित…

त्रिनेत्र र द फोर एलिमेन्ट्स बने राष्ट्रिय ई–स्पोर्ट्स च्याम्पियन

काठमाडौं २०८३ असार २७ गते, शनिबार । तेस्रो संस्करणको राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामा फ्रि–फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइल (PUBG Mobile) तर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन्। ई–स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा दुवै विजेता टोलीले उपाधिसहित समान ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको ई–फुटबल विधामा रजत बुढाथोकी उत्कृष्ट प्रदर्शन गर्दै…

राप्तीमा शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम सुरु

तुलबहादुर कवँर मगरमसुरिया, १३ असार।दाङको राप्ती गाउँपालिकाको आयोजनामा वडा नं.४ स्थित माध्यमिक विद्यालय मौरीघाटमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले प्रार्थना व्यवस्थापन तथा सांगीतिक पीटी सम्बन्धी दुई दिने व्यावहारिक उत्प्रेरणा तालिम शुक्रबारदेखि सुरु भएको छ। विद्यालयमा अनुशासन, सकारात्मक सोच, नेतृत्व विकास तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्दै विद्यालय शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउने उद्देश्यले तालिम सञ्चालन…

राप्तीको बजेटसहित विभिन्न प्रतिवेदन र विधेयक पारित

तुलबहादुर कवँर मगरमसुरिया, १२ असार।दाङको राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत बजेटसहित विभिन्न समितिका प्रतिवेदन तथा विधेयक गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन अन्तर्गत शुक्रबार बसेको बैठकले उपाध्यक्ष कमलापति चौधरीले गत असार १० गते प्रस्तुत गर्नुभएको ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेटमाथि छलफल गरी…

पोषणमैत्री नमुना गाउँका रूपमा मछीताल छनोट, स्थानीयलाई अभिमुखीकरण

तुलबहादुर कवँर मगरमसुरिया, ११ असार ।दाङको राप्ती गाउँपालिका–१ स्थित मछीताल गाउँलाई राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पोषणमैत्री नमुना गाउँका रूपमा छनोट गरिएको छ। समुदायस्तरमै पोषण सुधार, कुपोषण न्यूनीकरण, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले साे गाउँलाई पोषणमैत्री नमुना गाउँका रूपमा छनोट गरेको हो। नमुना गाउँ छनोट भएसँगै बिहीबार स्थानीय बासिन्दाका लागि पोषणमैत्री…

राप्तीमा सामुदायिक विपद् स्वयंसेवक आधारभूत तालिम सम्पन्न

तुलबहादुर कवँर मगरभालुबाङ, ११ असार।दाङको राप्ती गाउँपालिकामा एक हप्ते सामुदायिक विपद् स्वयंसेवक आधारभूत तालिम बिहीबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल २९ नं. गण हेडक्वाटर ज्वालामाई भालुबाङको समन्वयमा सञ्चालन गरिएको तालिममा विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा उपाय तथा सामुदायिक स्तरमा विपद् व्यवस्थापनसम्बन्धी व्यवहारिक…

राप्ती–४ मा दुना–टपरी उत्पादन सम्बन्धी सिप विकास तालिम सम्पन्न

तुलबहादुर कवँर मगरमसुरिया, १२ असार ।दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरखुट्टीमा सञ्चालन गरिएको दुना–टपरी उत्पादन सम्बन्धी सिप विकास तालिम बिहीबार सम्पन्न भएको छ। स्थानीय महिलाहरूलाई स्वरोजगारमुखी सीप प्रदान गरी आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा स्वराेजगार महिला समूहका १५ जना महिलाहरूको सहभागिता रहेको थियो। पाँच दिनसम्म सञ्चालन भएको तालिममा…

राप्ती गाउँपालिकाले ल्यायो ७५ करोड ४ लाख ९६ हजारको बजेट

मसुरिया, असार ११ दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतबाट प्राप्त हुने आयका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो। प्रस्तुत…

राप्ती–४ मा असार १३ गते एकीकृत घुम्ती शिविर सञ्चालन हुने

मसुरिया, १० असार ।दाङको राप्ती गाउँपालिकाले नागरिकलाई घरदैलोमै सहज, प्रभावकारी तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले वडा नम्बर ४ मा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत आगामी असार १३ गते शनिबार राप्ती–४ स्थित श्री जनज्योति आधारभूत विद्यालय, नयाँगाउँमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म शिविर सञ्चालन गरिने भएको…

राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

मसुरिया, ९ असार ।दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गत असार ५ गते दोस्रो गाउँसभाको नवौं अधिवेशनमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम मंगलबार बसेको गाउँसभाको बैठकमा सैद्धान्तिक छलफलपछि बहुमतले पारित भएको हो। पारित नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार…