लुम्बिनी मन्त्रिपरिषद्को बैठक सम्पन्न, प्रदेश सचिवहरूको जिम्मेवारी तोकियो

लालमटिया, दाङ, २०८३, साउन २ शुक्रबार, लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव…

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत, कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन मुख्यमन्त्री आचार्यको निर्देशन

लालमटिया, दाङ, २०८३, असार ३१ बुधबार , लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् । आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको…

राप्ती गाउँसभाको पाँचौं बैठक सम्पन्न, कर तथा गैरकर राजस्व विधेयक पारित

मसुरिया, ३१ असार ।दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनअन्तर्गत पाँचौं बैठक बुधबार सम्पन्न भएको छ। बैठकले गाउँसभा सदस्य विष्णु पोख्रेलले पेश गर्नुभएको राप्ती गाउँपालिकाको कर तथा गैरकर राजस्व प्रशासनसम्बन्धी विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ। त्यस्तै, लेखा समिति संयाेजक रोशन चौधरीले पेश गर्नुभएको लेखा समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ का कार्यपालिकाका निर्णय बैठकले…

राप्तीमा ‘एक विद्यार्थी, एक फलफूलको बिरुवा’ अभियान, ८ हजार बिरुवा वितरण

तुलबहादुर कँवर मगरभालुबाङ, ३० असार ।दाङको राप्ती गाउँपालिकाले ‘एक विद्यार्थी, एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीलाई करिब ८ हजार फलफूलका कलमी बिरुवा वितरण गरेको छ। विद्यार्थीमार्फत प्रत्येक घरमा फलफूलका बिरुवा रोप्ने, वातावरण संरक्षणलाई विद्यालय तहबाटै जीवनशैलीसँग जोड्ने तथा भविष्यमा फलफूल उत्पादन र पोषण सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। अभियानअन्तर्गत…

सरसफाई रनिङ शिल्डमा वडा नं. ३, डिजिटल अवार्डमा आशाका किरण उत्कृष्ट

तुलबहादुर कवँर मगरमसुरिया, २९ असार ।दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको सरसफाई रनिङ शिल्ड प्रतियोगितामा वडा नं. ३ प्रथम भएको छ भने सरसफाई डिजिटल अवार्डतर्फ आशाका किरण संस्था उत्कृष्ट घोषित भएको छ। गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्यसहित सञ्चालन गरिएको प्रतियोगितामा वडा नं. १ द्वितीय र वडा नं. ८ तृतीय भएका छन्। ‘पवित्रता हाम्रो पहिचान, सरसफाईको…

वास्तुशास्त्रले वैज्ञानिक, सांस्कृतिक र व्यवस्थित निर्माण संस्कृतिलाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ २०८३ असार २८, आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयोजित ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री…

राप्तीमा किशोर–किशोरीका लागि एक महिने आत्मरक्षा तालिम सम्पन्न

भालुबाङ, २१ असार ।दाङको राप्ती गाउँपालिकामा किशोर–किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी व्यावहारिक सीप प्रदान गर्दै आत्मविश्वासी, सक्षम र सुरक्षित नागरिकका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालित एक महिने आत्मरक्षा तालिम आइतबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम वडा नम्बर १ भालुबाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर २ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालय, वडा…

लुम्बिनी प्रदेश सभाःथारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

दाङ २०८३ असार २१,आइतबार, लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बसेको ११ औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयकलाई विषयगत समितिमा पठाउने प्रस्ताव पेश गर्नुभएको थियो । मन्त्री तिमिल्सिनाले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ…

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि लुम्बिनी प्रदेश सभा बैठक पुनः सुचारु, बजेटमाथीको शैद्धान्तीक छलफल जारी

दाङ २०८३ असार २१,आइतबार, । लुम्बिनी प्रदेश सभाको बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि पुनः सुचारु भएको छ । प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि सञ्चालनमा आएको हो ।बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बजेट विनियोजनका क्रममा छुटेका…

दाङको राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

तुलबहादुर कवँर मगरभालुबाङ, २० असार । दाङको राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमका बीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कपडा बैंकको शुभारम्भ गर्नुभएको हो। राप्ती गाउँपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने कपडाको व्यवस्थापन तथा आवश्यक व्यक्तिसम्म निःशुल्क वितरण गर्ने उद्देश्यले गाउँपालिकाको कार्यालय परिसरमा…