राप्ती गाउँसभाको पाँचौं बैठक सम्पन्न, कर तथा गैरकर राजस्व विधेयक पारित

मसुरिया, ३१ असार ।
दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनअन्तर्गत पाँचौं बैठक बुधबार सम्पन्न भएको छ।

बैठकले गाउँसभा सदस्य विष्णु पोख्रेलले पेश गर्नुभएको राप्ती गाउँपालिकाको कर तथा गैरकर राजस्व प्रशासनसम्बन्धी विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ।

त्यस्तै, लेखा समिति संयाेजक रोशन चौधरीले पेश गर्नुभएको लेखा समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ का कार्यपालिकाका निर्णय बैठकले अनुमोदन गरेको छ।

बैठक समापन गर्दै गाउँपालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष प्रकाश विष्टले जनप्रतिनिधिले दलगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हित र दीर्घकालीन विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

उहाँले नागरिकले जनप्रतिनिधिलाई दलको झण्डाले नभई व्यवहार, निर्णय र सेवाबाट मूल्याङ्कन गर्ने भन्दै राप्तीको समृद्धिका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ