Featured posts

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकःअधुरा आयोजना अध्ययन गर्न समिति गठन, राजस्व समन्वय समिति पनि बनाइयो

दाङ, भदौ २५ गते । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपुरा आयोजनाको अध्ययन गरी विवरण संकलन गर्न समिति गठन गरेको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको संयोजकत्वमा अधुरा तथा अपुरा आयोजनाको अध्ययन तथा विवरण संकलन समिति गठन गर्ने निर्णय गरेको हो ।भौतिक…

राप्ती गाउँपालिकाद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

भालुबाङ, २५ भदौ ।दाङको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घरमै पुगेर भत्ता नवीकरण गर्न थालेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले गाउँपालिकाले सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था मिलाएको हो । गाउँपालिकाको विकट पहाडी…

लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नियमावली एक महिनाभित्र तयार गरिने

दाङ, भदौ २५ गते । लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नियमावली एक महिनाभित्र तयार गरी प्रदेश सरकारसमक्ष पेश गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण परिषद्को बैठकले नियमावलीको मस्यौदा तयार गर्न समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले प्रतिष्ठानको संस्थागत संरचना व्यवस्थित…

लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

दाङ, भदौ २५ गते । लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ । यातायात सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रूपमा प्रयोग गरी सेवा दिने निर्णय कार्यान्वयनमा आउन लागेको हो ।आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात…

अन्नपूर्ण स्पाइकर किङ्सको तेस्रो जित

काठमाडौं, भदौ २५ गते ।अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बुधबार तेस्रो जित हात पारेको छ। चार खेलबाट अन्नपूर्णको यो तेस्रो जित हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई २५–१५, २५–१५ र २९–२७ को सोझो सेटमा पराजित गर्‍यो। अन्नपूर्णका एन्ख–एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित…

माफ बास्केटबलमा ४४ टोली

काठमाडौं, भदौ २५ गते ।म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। प्रतियोगितामा तीन विधामा ४४ टोलीको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक हाइ स्कुलका प्राचार्य छत्रमणि राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १५, गल्र्सतर्फ १६ र जुनियर ब्वाइजतर्फ १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्।…

दिल्लीमा मणिपुरका चर्चित संगीतकार चोंगथाम विक्रम सिंहको कुटपिटपछि मृत्यु

नयाँदिल्ली भदौ २४  मणिपुरका चर्चित संगीतकार तथा गिटारवादक चोंगथाम विक्रम सिंहको दक्षिण–पूर्वी दिल्लीस्थित किलोकरी क्षेत्रमा कुटपिटपछि मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ५४/५५ वर्षीय सिंहलाई सेप्टेम्बर ६ गते राति घरबाहिर होहल्ला गरिरहेका व्यक्तिहरूलाई आवाज कम गर्न आग्रह गरेपछि विवाद भएको थियो। विवाद बढ्दै गएपछि उनीमाथि समूहले कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। गम्भीर घाइते भएका…

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन

दाङ, भदौ २२ रसुवा जिल्लामा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति लुम्बिनी प्रदेशमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सोमबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरी विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यस, सभामुख तुलाराम घर्तीमगर सहित प्रदेश सरकारका मन्त्री, प्रदेश सभा…

पाल्पाको भगवती रथ जात्रामा लुम्बिनीका मुख्यमन्त्री आचार्य, पाल्पाको ऐतिहासिक जात्राको गरे अवलोकन(फोटो फिचर)

पाल्पा भदौ २० लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने ऐतिहासिक तथा प्रसिद्ध रणउजीरेश्वरी भगवती रथ जात्राको अवलोकन गरेका छन् । शनिबार पाल्पा पुग्नुभएका मुख्यमन्त्री आचार्यले भगवती मन्दिर परिसरमा पुगेर रथ जात्रा तथा जात्रामा सहभागी श्रद्धालुहरूको उपस्थिति अवलोकन गरेका हुन ।मुख्यमन्त्री आचार्यले जात्राको शनिबारनै एक शुभकामना सन्देश जारीगर्दै रणउजीरेश्वरी भगवती रथ जात्राले नेपालको राष्ट्रिय स्वाभिमान,…

भगवती रथ जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको मुख्यमन्त्री आचार्यको भनाइ

दाङ, भदौ २० लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी भगवती रथ जात्राले राष्ट्रिय स्वाभिमान, वीरता, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको बताएकाछन् ।भगवती रथ जात्राको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष…