पाकिस्तानका टी–२० कप्तान फर्हान नेपाल आइपुगे, कर्णाली याक्समा आबद्ध
काठमाडौं, कात्तिक ८ गते। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तानका टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन्। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका फर्हानलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का प्रतिनिधिले स्वागत गरेका थिए। उनी आगामी कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलमा कर्णाली याक्सबाट खेल्नेछन्। कर्णाली याक्सले शुक्रबार…


