कुलपानी सामुदायिक वनको ३२औँ साधारणसभा, वन संरक्षण र पारदर्शितामा जोड

बालकृष्ण थापा क्षेत्री दाङ, बडहरा २०८३ असोज २५ दाङको गढवा गाउँपालिका–१, बडहरास्थित कुलपानी सामुदायिक वन उपभोक्ता समूहको ३२औँ साधारणसभामा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, पारदर्शिता र उपभोक्ताको सक्रिय सहभागितामा जोड दिइएको छ। कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा सामुदायिक वन महासंघका प्रवक्ता तीर्थराज ज्ञवाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा…

गोरखा मोडल लमहीमा दशैँ मिलन तथा चौथो भलिबल प्रतियोगिता उद्घाटन, खेलकुदले मानसिक स्वास्थ्य र सामाजिक सद्भाव बढाउनेमा जोड

लमही, दाङ, २०८३ असोज २५ गते। गोरखा मोडल सेकेन्डरी स्कुल लमहीले दशैँ मिलन कार्यक्रम तथा चौथो भलिबल प्रतियोगिता उद्घाटन गरेको छ। दशैँको अवसरमा आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्नुका साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। गोरखा मोडल सेकेन्डरी स्कुलका सञ्चालक समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गोरखा ग्रुपका एचआर…

जनशक्ति सामुदायिक वनको २८औँ साधारणसभा सम्पन्न, वन संरक्षण र उपभोक्ताको हितमा जोड

बालकृष्ण थापा क्षेत्रीवनघुस्री, दाङ, असोज २४ गते। दाङको गढवा गाउँपालिका–१, वनघुस्रीमा रहेको जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा वनको वार्षिक प्रगति समीक्षा, आयव्यय विवरण, कार्ययोजना नवीकरण, वन संरक्षण तथा उपभोक्ताले भोगिरहेका समस्याबारे छलफल गरिएको छ। जनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खुमबहादुर गाहा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सबडिभिजन वन…

गनन्जय–शेखरको जोडी बन्यो होप्स मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिताको च्याम्पियन

काठमाडौं, असोज २४। गनन्जय दाहाल र शेखर श्रेष्ठको जोडी होप्स मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिताको च्याम्पियन बनेको छ। शनिबार बालकुमारीस्थित होप्स टेबलटेनिस एकेडेमीमा भएको फाइनलमा गनन्जय र शेखरको जोडीले रिभान वज्राचार्य र रिजान शाक्यको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो। रोमाञ्चक फाइनलमा गनन्जय र शेखरले ५–११, ११–८, ११–३, ३–११ र १२–१० को सेटमा जित निकाले। २०औँ एसियाली…

एनपीएलको तयारीमा विराटनगर किंग्स, भारतमा अभ्यास खेल

काठमाडौं असोज २३ गते। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किंग्सले भारतको उत्तर प्रदेशस्थित क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ। सेप्टेम्बर २९ देखि सुरु भएको प्रशिक्षणमा कप्तान सन्दीप लामिछानेबाहेक टोलीका अधिकांश खेलाडी सहभागी छन्। सन्दीप भने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृंखलाका लागि राष्ट्रिय टोलीसँग छन्। टोलीका अनुसार बसिर अहमद…

पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं, असोज २३ गते । जापानको आइची–नागोयामा आयोजना हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र परिषद्की सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा खेलाडी तथा टोलीका सदस्यलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन्। अक्टोबर १८ देखि २४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा…

राप्तीमा पराल र भुसा जलाउन रोक, गौशालालाई उपलब्ध गराउन आग्रह

भालुबाङ, २३ असोज।दाङको राप्ती गाउँपालिकाले धान काटेपछि खेतमा बाँकी रहेको पराल र भुसा नजलाउन किसानलाई आग्रह गरेको छ। गाउँपालिकाले पराल तथा भुसा जलाउँदा वातावरण प्रदूषण बढ्नुका साथै माटोको उर्वराशक्ति घट्ने र मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको हो। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै पराल तथा भुसा जलाउँदा श्वासप्रश्वाससम्बन्धी रोगको…

नेपालका आठ विद्यालयमा ६० इजरायली स्वयंसेवकको शैक्षिक तथा पुनर्निर्माण कार्यक्रम सम्पन्न

काठमाडौं, २०८३ असोज २३ गते। इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ (Heroes for Life) का ६० जना स्वयंसेवकले नेपालका काठमाडौं र ललितपुरस्थित आठ सरकारी तथा सार्वजनिक विद्यालयमा सञ्चालन गरेको स्वयंसेवा कार्यक्रम सम्पन्न गरेका छन्। शुक्रबार (९ अक्टोबर २०२६) जारी प्रेस विज्ञप्तिअनुसार स्वयंसेवकहरूले विद्यार्थीलाई सिर्जनात्मक तथा रमाइला सिकाइ गतिविधिमा सहभागी गराउनुका साथै विद्यालयको मर्मतसम्भार, रङरोगन र…

सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका टेक राज थलाल

धनगढी असोज २३ गते। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले डडेल्धुराका बायाँहाते मध्यम गतिका बलर टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ। सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टमार्फत थलाललाई टोलीको आइकोनिक खेलाडीका रूपमा अघि सारेको हो। उनी यसअघि पनि सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका छन्। यसपटक भने उनले एनपीएलको…

हिमाल सुनारी मगर पोखरा एभेन्जर्सको स्पोर्ट्स एम्बेसडर नियुक्त

काठमाडौं, असोज २३ गते। नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका खेलाडी तथा नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको विजेता अन्नपूर्ण स्पाइकर्स किंग्सका कप्तान हिमाल सुनारी मगर पोखरा एभेन्जर्सको स्पोर्ट्स एम्बेसडर नियुक्त भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले बिहीबार हिमाललाई स्पोर्ट्स एम्बेसडर नियुक्त गरेको हो। नियुक्तिसम्बन्धी सम्झौतामा पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित…