सीमित स्रोतबीच जनमुखी बजेट ल्याएका छौं, सुझावलाई आत्मसात् गर्दै प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन्छौं : मुख्यमन्त्री आचार्य

दाङ २०८३ असार २४, बुधबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताको जीवनस्तर उकास्ने, युवालाई रोजगारीसँग जोड्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याएको स्पष्ट पार्नुभएको छ । प्रदेश सभाबाट प्राप्त रचनात्मक सुझावलाई आत्मसात् गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ ।लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको १७ औं…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय

दाङ २०८३ असार २४, बुधबार, लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । स्थानीय तहका…

वन ऐनले विकासमा बाधा पुर्याउनु हुँदैन : अध्यक्ष विष्ट

मसुरिया, २३ असार ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वन ऐन तथा वनसम्बन्धी कानुनी व्यवस्थाले विकास निर्माणका कार्यमा बाधा पुग्न नहुने बताउनुभएको छ। दाङको राप्ती गाउँपालिकामा मंगलबार आयोजित सव डिभिजन वन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवालाबीचको समन्वय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले वन संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय तहले सञ्चालन…

लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न प्राधिकरण र निर्माण व्यवसायी महासंघबीच सम्झौता

दाङ २०८३ असार २३, मङ्गलबार, । लुम्बिनी प्रदेशमा निर्माण सामग्रीको गुणस्तर परीक्षणलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशबीच साझेदारीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा मंगलबार सम्पन्न कार्यक्रममा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई….

लुम्बिनी प्रदेश सरकारको अनुकरणीय कार्य:अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी

अर्घाखाँची  २०८३ असार २३, मङ्गलबार। लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी थालेको छ । सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम तीव्र गतिमा अघि बढिरहेका छन् । सेवा सुरु भएपछि जिल्लाका एक सयभन्दा बढी मृगौला रोगीले आफ्नै जिल्लाबाट नियमित डायलासिस सेवा प्राप्त गर्नेछन् । अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीका…

लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने

दाङ २०८३ असार २३, मङ्गलबार, लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत पन्ध्रौं बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत छलफललाई निरन्तरता दिइनेछ । बैठकको सुरुमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय तथा मुख्यमन्त्री…

लुम्बिनी प्रदेश सभामा आज चार मन्त्रालयको बजेटमाथि छलफल हुदै

दाङ २०८३ असार २२, सोमबार, लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज सोमबार बस्ने तेह्रौं बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि समूहगत छलफल हुने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बिहान ८ बजे सुरु हुने बैठकका लागि सभामुख तुलाराम घर्तीमगरले ३ घण्टाको समय निर्धारण गर्नुभएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी…

राप्तीमा किशोर–किशोरीका लागि एक महिने आत्मरक्षा तालिम सम्पन्न

भालुबाङ, २१ असार ।दाङको राप्ती गाउँपालिकामा किशोर–किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी व्यावहारिक सीप प्रदान गर्दै आत्मविश्वासी, सक्षम र सुरक्षित नागरिकका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालित एक महिने आत्मरक्षा तालिम आइतबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम वडा नम्बर १ भालुबाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर २ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालय, वडा…

राप्तीमा १५ दिने योग प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

मसुरिया, २१ असार ।दाङको राप्ती गाउँपालिकामा १५ दिने योग प्रशिक्षक प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ।राप्ती गाउँपालिकाको आयोजना, नागरिक आरोग्य सेवा केन्द्रको सहजीकरण तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिको समन्वयमा गाउँपालिकाको सभा हल मसुरियामा तालिम सञ्चालन गरिएको थियो। तालिम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिका अध्यक्ष एवं…

लुम्बिनी प्रदेश सभाःथारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

दाङ २०८३ असार २१,आइतबार, लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बसेको ११ औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयकलाई विषयगत समितिमा पठाउने प्रस्ताव पेश गर्नुभएको थियो । मन्त्री तिमिल्सिनाले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ…