दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ, असोज २१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाको शिक्षा, सुरक्षा, स्वास्थ्य, समानता र नेतृत्व विकासका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ । दलित महिला संघ दाङको सहजीकरणमा प्रदेशका दलित बालिकाले तयार पारेको १० बुँदे मागपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले समाज रुपान्तरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले…

सामर्त ट्रेडिङद्वारा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनलाई गियर प्रायोजन

काठमाडौं असोज २१ गते । क्लाइम्बिङ ब्रान्ड ब्ल्याक डायमन्ड र ला स्पोर्टिभाको नेपालका लागि आधिकारिक वितरक सामर्त ट्रेडिङ प्रालिले सन् २०२६ का राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियन रोनक उप्रेती र स्वस्तिका चौधरीसँग एक वर्षका लागि गियर प्रायोजन सम्झौता गरेको छ। नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसनको सहजीकरण तथा रोहवरमा सम्झौता सम्पन्न भएको हो। सम्झौता हस्ताक्षर कार्यक्रममा सामर्त ट्रेडिङका…

अभिलाषाको विजयी सुरुआत

काठमाडौं, असोज २१ गते । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले डब्लु–१५ इस्लामाबादमा विजयी सुरुआत गरेकी छन्। पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताअन्तर्गत सर्किट–१ को महिला सिंगल्समा अभिलाषाले पाकिस्तानकी रोमिसा मलिकलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरेकी हुन्। जितसँगै अभिलाषा प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन्। प्रिक्वाटरफाइनलमा अभिलाषाले बिहीबार रुसकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्। डब्लुटीएको विश्व वरीयतामा अभिलाषा १…

राप्तीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीबारे बैठक

भालुबाङ, २१ असोज।दाङको राप्ती गाउँपालिकामा आगामी मंसिरमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीबारे बुधबार बैठक सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चाैधरीकाे अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहकाे उपस्थितिमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा खेल शिक्षकहरूको…

राप्तीमा सरसफाइ रनिङ्ग शिल्ड कार्यविधि संशोधनबारे छलफल

भालुबाङ, २१ असोज ।दाङको राप्ती गाउँपालिकामा सरसफाइ रनिङ्ग शिल्ड कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ रनिङ्ग शिल्ड निर्देशक समितिको बैठक सम्पन्न भएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा बुधबार सम्पन्न बैठकमा सरसफाइ रनिङ्ग शिल्ड कार्यविधि, २०८२ संशोधन, मूल्यांकन प्रणाली तथा कार्यक्रमलाई प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको हो। बैठकमा कार्यवाहक अध्यक्ष चौधरीले सरसफाइ…

रोटरी क्लब अफ राप्ती र राप्ती गाउँपालिकाको साझेदारीमा १८ वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग

रामनगर, दाङ २०८३ असोज २१ गते रोटरी क्लब अफ राप्तीले राप्ती गाउँपालिकासँगको साझेदारीमा सामाजिक सेवा कार्यक्रमअन्तर्गत गाउँपालिकाका वृद्धवृद्धा, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ। कार्यक्रमअन्तर्गत राप्ती गाउँपालिकाका वडा नं. १ देखि ९ सम्म प्रत्येक वडाबाट दुई–दुई जना गरी १८ जना वृद्धवृद्धा, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयरसहितका सहयोग सामग्री उपलब्ध गराउने…

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

काठमाडौं, असोज २१ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच सहकार्य भएको छ। श्री एयरलाइन्स टोलीको डोमेस्टिक एयरलाइन्स पार्टनर बनेको हो। सम्झौताअनुसार एनपीएल अवधिभर श्री एयरलाइन्सले सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोली व्यवस्थापनको घरेलु हवाई यात्रालाई सहज बनाउन सहयोग गर्नेछ। श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले सुदूरपश्चिम रोयल्ससँग…

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

दाङ असोज २१ गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई दिएको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रदेश सचिव भई कामकाज गर्न तोक्ने निर्णय गरेको हो । पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत…

राप्तीका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान

मसुरिया, २१ असोज।दाङको राप्ती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। बुधबार गाउँ कार्यपालिकाको कार्यालयले शिक्षा नियमावली २०५९ (दशौं संशोधनसहित) को नियम ९३ काे उपनियम -२ तथा गाउँ शिक्षा समितिको निर्णयअनुसार प्रधानाध्यापक छनोट तथा नियुक्तिका लागि सूचना जारी गरेको हो। पालिकाभित्रका २६ वटा सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदका लागि सम्बन्धित विद्यालयको सोही…

राप्तीका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान

मसुरिया, २१ असोज।दाङको राप्ती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। बुधबार गाउँ कार्यपालिकाको कार्यालयले शिक्षा नियमावली २०५९ (दशौं संशोधनसहित) को नियम ९३ काे उपनियम -२ तथा गाउँ शिक्षा समितिको निर्णयअनुसार प्रधानाध्यापक छनोट तथा नियुक्तिका लागि सूचना जारी गरेको हो। पालिकाभित्रका २६ वटा सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदका लागि सम्बन्धित विद्यालयको सोही…