गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई

नेपालगन्ज  २०८३ असोज १७ गते विश्वव्यापी जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि बिशाल बोहरा र आयुष्मा सिंहले जितेका छन् । शनिबार खजुराको सितापुर गौघाटमा सम्पन्न प्रतियोगिताको ६ किलोमिटर छात्रतर्फ शुक्र माविका बिशाल बोहरा प्रथम भए । जनसेवा माविका उपेन्द्र बम दोस्रो तथा सोही विद्यालयका निशान्त विक तेस्रो भए । ३…

आदर्श नमुना माविमा अभिभावक संघ नयाँ नेतृत्वमा, अब ‘नमुना’ जोगाउने चुनौती

आदर्श नमुना माविमा अभिभावक संघ नयाँ नेतृत्वमा, अब ‘नमुना’ जोगाउने चुनौती रामनगर, दाङ, २०८३ असोज १७ गतेदाङको राप्ती गाउँपालिका–२, लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयको शिक्षक–अभिभावक संघको संयोजकमा बसन्त नेपाली चयन हुनुभएको छ। विद्यालयमा शनिबार सम्पन्न अभिभावक भेलाले नेपालीको संयोजकत्वमा आठ सदस्यीय नयाँ शिक्षक–अभिभावक संघ सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित समितिका सदस्यहरूमा हरिप्रसाद श्रेष्ठ, सरिता…

भोलि लमहीका विभिन्न क्षेत्रमा ५ घण्टा विद्युत् लाइन अवरुद्ध हुने

लमही, दाङ, २०८३ असोज १८ नेपाल विद्युत् प्राधिकरण, लमही वितरण केन्द्रले भोलि मिति २०८३ असोज १८ गते लमही क्षेत्रका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जनाएको छ। लमही सबस्टेसनबाट वितरित ११ केभी मौरिघाट र भालुबाङ दुवै फिडरअन्तर्गत विद्युत् लाइन वरिपरि रहेका लहरा तथा हाँगा–बिँगा काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो। प्राधिकरणका…

जनप्रिय सामुदायिक वनको २५औँ वार्षिक साधारणसभा सम्पन्न

कालाकाटे दाङ, २०८३ असोज १७ गते गढवा गाउँपालिका–१, कालाकाटेमा रहेको जनप्रिय सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हुमादेवी बुढाथोकीको अध्यक्षता तथा गढवा गाउँपालिका–१ का वडा सदस्य डम्बरबहादुर योगीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा कालाकाटे सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत यमप्रसाद गैरे, जिल्ला वन महासंघका सदस्य चन्द्र…

कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने

दाङ २०८३ असोज १७ लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभएको छ । उहाँले कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले…

राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत मल्लाहलाई स्वागत

मसुरिया, १६ असोज।दाङको राप्ती गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहलाई स्वागत गरिएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले शुक्रबार मल्लाहलाई फूलमालासहित स्वागत गर्नुभएको हो। स्वागतका क्रममा कार्यवाहक अध्यक्ष चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जनताको अपेक्षाअनुसार विकास निर्माण, सुशासन…

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

अर्घाखाँची  १५ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभएको छ ।जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहिवार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको बताउनुभयो । उहाँले सरकारका कामको मूल्यांकन परिणामका आधारमा गर्नुपर्ने उल्लेख गर्दै जनताले अब विकासको प्रतिफल…

देउखुरीमा बायोचार प्लान्ट सञ्चालन तथा क्षमता विकास कार्यक्रम सुरु

तुल बहादुर कवँर मगरलमही, १५ असोज।दाङको देउखुरीमा स्थापना गरिएका बायोचार प्लान्ट सञ्चालन तथा प्राविधिक क्षमता विकाससम्बन्धी तीनदिने कार्यक्रम बिहीबारदेखि लमहीमा सुरु भएको छ।यूएनडीपी नेपालको सहयोगमा लमही नगरपालिका र राप्ती गाउँपालिकाको आयोजनामा तथा हाइड्रो इन्डिया इन्जिनियरिङको प्राविधिक सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले खेर गइरहेका जैविक पदार्थलाई उपयोग गरी बायोचार उत्पादन गर्न…

युएलएफसी कप २०८३ : आयोजक लालमटिया निलोको शानदार जित, पहिलो संस्करण सम्पन्न

रामनगर,दाङ, २०८३ अशोज १४ गते युनाइटेड लालमटिया युथ क्लबले पहिलोपटक आयोजना गरेको युएलएफसी कप २०८३ आयोजककै टोली युनाइटेड लालमटिया युथ क्लब निलोको शानदार प्रदर्शनसँगै सम्पन्न भएको छ। प्रतियोगिताको फाइनलमा आयोजक लालमटिया निलोले फुटबल क्लब भालुवाङलाई ५–१ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। फाइनल खेलमा लालमटिया निलो सुरुदेखि नै प्रभावशाली देखिएको थियो। पहिलो हाफमै…

पदकधारी कराते खेलाडी स्वदेश फिर्ता

काठमाडौं, असोज १४ गते । जापानमा आयोजित दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीसहितको टोली मंगलबार राति स्वदेश फर्किएको छ। जापानको नागोयामा सेप्टेम्बर २० देखि २३ तारिखसम्म भएको २०औं एसियाली खेलकुद तथा योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म भएको ११औं सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिप मा सहभागी नेपाली टोली मंगलबार राति १०ः५१ बजे…