राप्तीमा समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण
मसुरिया, १७ असार ।दाङको राप्ती गाउँपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन, प्रतिवेदन तथा प्रतिकार्य प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले रोग निगरानीका…


