रामारोशन स्काइ रन असार ३ गते अछाममा हुँदै, विजेतालाई १ लाख रुपैयाँ पुरस्कार

काठमाडौं, २०८३ जेठ २० गते नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित रमणीय पर्यटकीय क्षेत्र रामारोशनमा आगामी असार ३ गते ‘रामारोशन स्काइ रन’ आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय स्तरको स्काइ रनिङ प्रतियोगिताको अभ्यास तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा अधिकतम १०० खेलाडीलाई सहभागी गराइने आयोजकले जनाएको छ। मंगलबार काठमाडौंमा आयोजित…

मलेसियामा दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता: ८ टोली क्वाटरफाइनलमा, आजै उपाधि भिडन्त

क्वालालम्पुर, १८ जेठ — मलेसियामा जारी प्रतिष्ठित दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणका सम्पूर्ण खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्। शाह आलमस्थित पानासोनिक फुटबल स्टेडियममा आइतबार सम्पन्न खेलहरूबाट उत्कृष्ट प्रदर्शन गर्दै ८ टोलीहरूले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्। प्रतियोगिताको पहिलो चरण निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। विभिन्न नेपाली समुदाय तथा क्लबहरूको सहभागिता रहेको…

संयोग–नविताको जोडी राष्ट्रिय टेबलटेनिस च्याम्पियन, मिक्स डबल्समा स्वर्ण

काठमाडौं, १५ जेठ २०८३ नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठको जोडीले ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिक्स डबल्सतर्फ स्वर्ण पदक जित्दै च्याम्पियन बनेका छन्। शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलमा संयोग–नविताको जोडीले बागमती प्रदेशका प्रजिल भट्टराई र आश्मा पहरीको जोडीलाई ११–२, ११–४ र १५–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा…

ग्रिनफिल्ड फाइनलमा प्रवेश

काठमाडौं, जेठ १६ दोस्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ ग्रिनफिल्ड विद्यालय फाइनलमा प्रवेश गरेको छ। नागर्जुन नगरपालिका–५, सीतापाइलास्थित आयोजक महामञ्जुश्री विद्यालयको कोर्टमा शनिबार भएको सेमिफाइनल खेलमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–१२ अंकले पराजित गर्दै उपाधिनजिक पुगेको हो। अब ग्रिनफिल्डले उपाधिका लागि महामञ्जुश्री र पिपुल्स एकेडेमीबीच हुने अर्को सेमिफाइनलको…

राष्ट्रियता र समृद्धिका लागि खेल क्षेत्रको अतुलनीय योगदान छ : मुख्यमन्त्री आचार्य

दाङ १ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताउनुभएको छ । दाङको बेल्झुण्डीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरुको भूमिका राष्ट्रियताको सवालमा सिपाही सरह रहेको उल्लेख गर्नुभएकाे हाे । उहाँले खेलकुदले…

डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ स्क्रिनिङसँगै एनकेएलको एन्थम सार्वजनिक

काठमाडौं । २०८३ साल वैशाख ३० गते बुधबार नेपाली कबड्डीको इतिहास, संघर्ष र सफलताको यात्रालाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ बुधबार स्क्रिनिङ गरिएको छ । नेपाल कबड्डी लिग (एनकेएल) दोस्रो सिजनको तयारीअन्तर्गत आयोजित कार्यक्रममा एनकेएलको आधिकारिक एन्थम सङ पनि सार्वजनिक गरिएको हो । लबिम मल, पुल्चोकस्थित क्यूएफएक्समा आयोजित कार्यक्रममा प्रदर्शन गरिएको डकुमेन्ट्रीले भगवान् गौतम…

मौरीघाटमा फुटबल प्रतियोगिता सुरु

मसुरिया, २७ वैशाख।दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा आइतबारदेखि ५ औं मौरीघाट फुटबल प्रतियोगिता सुरु भएको छ। मौरीघाट फुटबल क्लबको आयोजनामा तथा राप्ती गाउँपालिकाको विशेष सहयोग र विभिन्न व्यक्ति तथा संस्थाहरूको प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा १५ वटा समूहको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा विजेता टोलीले ३० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त…

काठमाडौं महानगरपालिका टिम च्याम्पियन बन्दै मेयर कप तेक्वान्दो सम्पन्न

काठमाडौं, वैशाख २६ गते ।जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिकाको प्रमुख प्रायोजनमा सञ्चालित “स्व. पि.एल. सिंह स्मृति छैटौं बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता–२०८३” सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा वैशाख २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको समापन समारोह जैशिदेवल युथ क्लवका अध्यक्ष राजेश प्रजापति को सभापतित्व तथा…

एभीएस टिम च्याम्पियन, तेस्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते सम्पन्न

काठमाडौं, वैशाख २७ गते ।एभीएस तेस्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एभीएसले सर्वाधिक ११ स्वर्ण पदक जित्दै उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो । पाको–नेपाल क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा ९ स्वर्ण पदकसहित ब्रिज वाटर इन्टरनेसनल स्कुल दोस्रो स्थानमा रह्यो भने ६ स्वर्ण जित्दै घर सित…

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

काठमाडौं, बैशाख २६ ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय अपांग महिला समाज को आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुल मा शनिबार सम्पन्न प्रतियोगितामा डब्ल्यूएसए तीनवटै खेलमा विजयी हुँदै ६ अंकसहित च्याम्पियन बनेको हो । उपाधिसँगै टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । डब्ल्यूएसएले…