गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
नेपालगन्ज २०८३ असोज १७ गते विश्वव्यापी जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि बिशाल बोहरा र आयुष्मा सिंहले जितेका छन् । शनिबार खजुराको सितापुर गौघाटमा सम्पन्न प्रतियोगिताको ६ किलोमिटर छात्रतर्फ शुक्र माविका बिशाल बोहरा प्रथम भए । जनसेवा माविका उपेन्द्र बम दोस्रो तथा सोही विद्यालयका निशान्त विक तेस्रो भए । ३…


