हिमाल सुनारी मगर पोखरा एभेन्जर्सको स्पोर्ट्स एम्बेसडर नियुक्त
काठमाडौं, असोज २३ गते। नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका खेलाडी तथा नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको विजेता अन्नपूर्ण स्पाइकर्स किंग्सका कप्तान हिमाल सुनारी मगर पोखरा एभेन्जर्सको स्पोर्ट्स एम्बेसडर नियुक्त भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले बिहीबार हिमाललाई स्पोर्ट्स एम्बेसडर नियुक्त गरेको हो। नियुक्तिसम्बन्धी सम्झौतामा पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित…


