राप्तीमा रिक्त प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाइने

मसुरिया , २० असोज ।दाङको राप्ती गाउँपालिकामा रिक्त रहेका प्रधानाध्यापक पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढाइने भएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो। बैठकले शिक्षा नियमावली, २०५९ को परिच्छेद–१७ अन्तर्गत नियम ९३…

आदर्श नमुना माविमा अभिभावक संघ नयाँ नेतृत्वमा, अब ‘नमुना’ जोगाउने चुनौती

आदर्श नमुना माविमा अभिभावक संघ नयाँ नेतृत्वमा, अब ‘नमुना’ जोगाउने चुनौती रामनगर, दाङ, २०८३ असोज १७ गतेदाङको राप्ती गाउँपालिका–२, लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयको शिक्षक–अभिभावक संघको संयोजकमा बसन्त नेपाली चयन हुनुभएको छ। विद्यालयमा शनिबार सम्पन्न अभिभावक भेलाले नेपालीको संयोजकत्वमा आठ सदस्यीय नयाँ शिक्षक–अभिभावक संघ सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित समितिका सदस्यहरूमा हरिप्रसाद श्रेष्ठ, सरिता…

राप्तीका प्रधानाध्यापकद्वारा प्रमुख प्रशासकीय अधिकृत पाठकलाई बिदाइ

मसुरिया, ८ असोज।राप्ती गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले गाउँपालिकाबाट सरुवा भई प्युठानको नौबहिनी गाउँपालिकामा जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकलाई बिदाइ गरेका छन्। प्रधानाध्यापकहरूले बिहीबार गाउँपालिकामा ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी पाठकलाई सम्मानसहित बिदाइ गरेका हुन्। कार्यक्रममा प्रधानाध्यापकहरूले उहाँलाई मायाको चिनो प्रदान गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए। सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद…

राप्तीमा शैक्षिक कार्यक्रमको त्रैमासिक समीक्षा, असल अभ्यास आदानप्रदान

मसुरिया, ५ असोज ।दाङको राप्ती गाउँपालिकामा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूबीच शैक्षिक कार्यक्रमको त्रैमासिक समीक्षा तथा असल अभ्यास आदानप्रदान गरिएको छ। गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सोमबार पालिकाको सभाहल मसुरियामा भएको कार्यक्रममा विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमको प्रगति, कार्यान्वयन अवस्था र आगामी कार्ययोजनाबारे समीक्षा गरिएको हो। कार्यक्रममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २००६ (संशोधनसहित) को दफा ६५ को…

तीज गीतमा यसपटक रमझम होइन, बाढी–पहिरो र ग्लोबल वार्मिङको चिन्ता

वालकृष्ण थापा क्षेत्री दाङ, भदौ १८ ।देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का घटनाले जनजीवन प्रभावित भइरहेका बेला दाङको राप्ती गाउँपालिकामा आयोजित विद्यालयस्तरीय तीज गीत तथा नृत्य प्रतियोगिताले मनोरञ्जनभन्दा वातावरण संरक्षण, प्राकृतिक विपद् र त्यसबाट जोगिने उपायबारे सचेतनामूलक सन्देश प्रवाह गरेको छ। राप्ती गाउँपालिका–अन्तर्गत दुर्गाभवानी आधारभूत विद्यालय, मसुरियामा डिभिजन वन कार्यालय लमहीको आर्थिक सहयोगमा आयोजित…

भोटेकोसी बाढीपीडितका लागि गोरखा ग्रुप दाङको १० लाख रुपैयाँभन्दा बढी सहयोग

दाङ, भदौ १५ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुटिरहेका बेला गोरखा ग्रुप, दाङले पनि बाढीपीडितका लागि १० लाख १ हजार १ सय ४७ रुपैयाँ सहयोग गरेको छ। गोरखा ग्रुप, दाङअन्तर्गत सञ्चालनमा रहेका विद्यालय, कलेज, अस्पताल तथा शिक्षक–कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

जनता माध्यमिक विद्यालय कालाकाटेको शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी सुनार चयन

दाङ, २०८३ भदौ ११ देउखुरीको गढवा गाउँपालिका–१, कालाकाटेस्थित जनता माध्यमिक विद्यालय कालाकाटेको शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी सुनार चयन हुनुभएको छ। विद्यालयमा सम्पन्न चयन प्रक्रियाबाट सुनार अध्यक्षमा चयन हुनुभएको हो। संघको सदस्यहरूमा बिनी कुँवर, सीता बुढा, रेनु गिरी, आरती परियार, शान्ता बि.क. र शुष्मा के.सी. चयन हुनुभएको छ। त्यस्तै नेत्र खनाल र राजकुमार योगी सदस्यमा चयन…

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

दाङ, २०८३ भदौ ८ गते, सोमबार लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो र केबल टेलिभिजनका सक्कल फाइल प्रदेश सरकारमा हस्तान्तरण भएको छ । नेपाल सरकारको सूचना तथा प्रसारण विभागले लुम्बिनी प्रदेश सरकारको मागअनुसार १०० वाटभन्दा माथि १ हजार वाटसम्मका एफएम रेडियो तथा केबलमा आधारित टेलिभिजन प्रसारण इजाजतपत्र प्राप्त संस्थाहरूका सक्कल फाइल प्रदेश सरकारलाई उपलब्ध गराएको हो…

गोरखा आइडियलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सदिक्षा गैरे प्रथम

लालमटिया, दाङ -२०८३ साउन २९ गते शुक्रबार। गोरखा आइडियल स्कुल, लालमटियामा ‘देश विकासमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको विशेष कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका ३८ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले देश विकासमा युवाको भूमिका, जिम्मेवारी र राष्ट्र निर्माणमा युवाको योगदानका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।…

एउटा विद्यालय, एउटा सपना र गाउँको साझा अभियान : कालाकाटेको जनता माविमा बस किन्न जुट्दै सहयोग

बालकृष्ण थापा क्षेत्रीदाङ, कालाकाटे । २०८३ साउन २४ गते गढवा गाउँपालिका–१ कालाकाटेस्थित जनता माध्यमिक विद्यालय यतिबेला सामाजिक सञ्जालदेखि गाउँघरको चिया चौतारासम्म चर्चामा छ। चर्चा विद्यालयको भवन, परीक्षा नतिजा वा कुनै उत्सवको होइन, विद्यार्थीका लागि आफ्नै विद्यालयको बस खरिद गर्ने एउटा सुन्दर सपनाको हो। लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको नजिकै, पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कालाकाटेमा रहेको जनता माविको…