तीज गीतमा यसपटक रमझम होइन, बाढी–पहिरो र ग्लोबल वार्मिङको चिन्ता

वालकृष्ण थापा क्षेत्री दाङ, भदौ १८ ।देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का घटनाले जनजीवन प्रभावित भइरहेका बेला दाङको राप्ती गाउँपालिकामा आयोजित विद्यालयस्तरीय तीज गीत तथा नृत्य प्रतियोगिताले मनोरञ्जनभन्दा वातावरण संरक्षण, प्राकृतिक विपद् र त्यसबाट जोगिने उपायबारे सचेतनामूलक सन्देश प्रवाह गरेको छ। राप्ती गाउँपालिका–अन्तर्गत दुर्गाभवानी आधारभूत विद्यालय, मसुरियामा डिभिजन वन कार्यालय लमहीको आर्थिक सहयोगमा आयोजित…

भोटेकोसी बाढीपीडितका लागि गोरखा ग्रुप दाङको १० लाख रुपैयाँभन्दा बढी सहयोग

दाङ, भदौ १५ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुटिरहेका बेला गोरखा ग्रुप, दाङले पनि बाढीपीडितका लागि १० लाख १ हजार १ सय ४७ रुपैयाँ सहयोग गरेको छ। गोरखा ग्रुप, दाङअन्तर्गत सञ्चालनमा रहेका विद्यालय, कलेज, अस्पताल तथा शिक्षक–कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

जनता माध्यमिक विद्यालय कालाकाटेको शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी सुनार चयन

दाङ, २०८३ भदौ ११ देउखुरीको गढवा गाउँपालिका–१, कालाकाटेस्थित जनता माध्यमिक विद्यालय कालाकाटेको शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी सुनार चयन हुनुभएको छ। विद्यालयमा सम्पन्न चयन प्रक्रियाबाट सुनार अध्यक्षमा चयन हुनुभएको हो। संघको सदस्यहरूमा बिनी कुँवर, सीता बुढा, रेनु गिरी, आरती परियार, शान्ता बि.क. र शुष्मा के.सी. चयन हुनुभएको छ। त्यस्तै नेत्र खनाल र राजकुमार योगी सदस्यमा चयन…

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

दाङ, २०८३ भदौ ८ गते, सोमबार लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो र केबल टेलिभिजनका सक्कल फाइल प्रदेश सरकारमा हस्तान्तरण भएको छ । नेपाल सरकारको सूचना तथा प्रसारण विभागले लुम्बिनी प्रदेश सरकारको मागअनुसार १०० वाटभन्दा माथि १ हजार वाटसम्मका एफएम रेडियो तथा केबलमा आधारित टेलिभिजन प्रसारण इजाजतपत्र प्राप्त संस्थाहरूका सक्कल फाइल प्रदेश सरकारलाई उपलब्ध गराएको हो…

गोरखा आइडियलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सदिक्षा गैरे प्रथम

लालमटिया, दाङ -२०८३ साउन २९ गते शुक्रबार। गोरखा आइडियल स्कुल, लालमटियामा ‘देश विकासमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको विशेष कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका ३८ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले देश विकासमा युवाको भूमिका, जिम्मेवारी र राष्ट्र निर्माणमा युवाको योगदानका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।…

एउटा विद्यालय, एउटा सपना र गाउँको साझा अभियान : कालाकाटेको जनता माविमा बस किन्न जुट्दै सहयोग

बालकृष्ण थापा क्षेत्रीदाङ, कालाकाटे । २०८३ साउन २४ गते गढवा गाउँपालिका–१ कालाकाटेस्थित जनता माध्यमिक विद्यालय यतिबेला सामाजिक सञ्जालदेखि गाउँघरको चिया चौतारासम्म चर्चामा छ। चर्चा विद्यालयको भवन, परीक्षा नतिजा वा कुनै उत्सवको होइन, विद्यार्थीका लागि आफ्नै विद्यालयको बस खरिद गर्ने एउटा सुन्दर सपनाको हो। लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको नजिकै, पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कालाकाटेमा रहेको जनता माविको…

३०औँ जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीलाई झोला तथा खाजा वितरण

निराजन पोख्रेल दाङ,  २०८३ साउन १३, बुधबार राप्ती गाउँपालिका–३ निवासी तथा हाल अष्ट्रेलियामा सिस्टम इन्जिनियरका रूपमा कार्यरत विशाल गिरीले आफ्नो ३०औँ जन्मदिनको अवसर पारेर सामाजिक सेवामूलक कार्य गर्दै शिवराज आधारभूत विद्यालय, शिवराज न.पा ९ धानखोलामा अध्ययनरत विद्यार्थीहरूलाई झोला तथा खाजा वितरण गरेका छन्।मातृभूमि सेवा केन्द्र नेपाल संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका ३४ जना विद्यार्थीलाई विद्यालय…

जनता मा.वि.कालाकाटेमा रक्तदान तथा रक्त समूह पहिचान गर्ने कार्यक्रम सम्पन्न१८ जनाले गरे रक्तदान

असार ३१, कालाकाटे । गढवा गाउँपालिका वडा नम्बर १, कालाकाटे स्थित श्री जनता माध्यमिक विद्यालायमा आज रक्तदान तथा रक्त समूह पहिचान कार्यक्रम सम्प्न्न भएको छ । जुनियर रेडक्रस सर्कल , जनता मा.वि.कालाकाटेको आयोजना र नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र घोराहीको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा १८ जनाले रक्तदान गर्नुभएको थियो भने जनता मा.वि.कालाकाटेमा…

एसईईमा शतप्रतिशत सफलता हासिल गरेका विद्यार्थीलाई गोरखा आइडियल स्कुलद्वारा सम्मानसहित विधिवत् विदाई

लालमटिया, दाङ, असार २८।दाङको राप्ती गाउँपालिका–२, लालमटियास्थित गोरखा आइडियल स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत सफलता हासिल गरेका कक्षा १० का विद्यार्थीलाई सम्मानसहित विधिवत् विदाई गरेको छ। अन्य अधिकांश विद्यालयले एसईई परीक्षा अगावै विदाई कार्यक्रम आयोजना गर्ने परम्परा रहे पनि गोरखा आइडियल स्कुलले भने फरक अभ्यासलाई निरन्तरता दिँदै परीक्षा अघि विद्यार्थीलाई शुभकामना प्रदान…

राप्तीमा शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम सुरु

तुलबहादुर कवँर मगरमसुरिया, १३ असार।दाङको राप्ती गाउँपालिकाको आयोजनामा वडा नं.४ स्थित माध्यमिक विद्यालय मौरीघाटमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले प्रार्थना व्यवस्थापन तथा सांगीतिक पीटी सम्बन्धी दुई दिने व्यावहारिक उत्प्रेरणा तालिम शुक्रबारदेखि सुरु भएको छ। विद्यालयमा अनुशासन, सकारात्मक सोच, नेतृत्व विकास तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्दै विद्यालय शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउने उद्देश्यले तालिम सञ्चालन…