राष्ट्रिय परीक्षा बोर्डद्वारा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं, जेठ ३१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेडवृद्धि परीक्षा २०८३ को समय तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने जनाइएको छ । परीक्षा सम्बन्धी विस्तृत तालिका बोर्डको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

जनता मावि कालाकाटेको विव्यस अध्यक्षमा योगी

भानु जीएम वैशाख २९, दाङ । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ , कालाकाटे स्थित श्री जनता माध्यमिक विद्यालय कालाकाटेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार योगी चयन हुनुभएको छ । नेपालको केही ऐन संशोधन – २०८३ को नाबाट आएको अध्यादेश मार्फत देशैभरिका विद्यालयहरुलाई विद्यालय व्यवस्थापन समिति गठन/पुनर्गठन गर्न निर्देशन गरिएको थियो । अध्यादेश मार्फत…

विज्ञान शिक्षा प्रवर्द्धन: गुणस्तरीय भविष्य निर्माणका लागि साझा जिम्मेवारी

देउखुरी, दाङ, ९ गते बुधबार । आजको युग विज्ञान र प्रविधिको युग हो। मानव जीवनका हरेक पक्ष—स्वास्थ्य, कृषि, उद्योग, सञ्चार, वातावरण—सबै विज्ञानसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। त्यसैले विद्यालय तहबाटै वैज्ञानिक सोच, अनुसन्धानमुखी दृष्टिकोण र प्रयोगात्मक सीप विकास गराउनु अत्यन्त आवश्यक छ। यद्यपि, विज्ञान शिक्षा केवल पाठ्यपुस्तकमा सीमित रहँदासम्म यसको वास्तविक उद्देश्य पूरा हुन सक्दैन। यसको…

शैक्षिक सत्र २०८३ को सम्बन्धमा केही कुरा

लेखक: भानु जीएम विगतमा शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरु हुन्थ्यो । जस अन्तर्गत वैशाख २ गतेदेखि भर्ना अभियान संचालन हुन्थ्यो भने वैशाख १० गतेदेखि पठनपाठन सुरु गरिन्थ्यो । यसपालि भने शिक्षा मन्त्रालयले वैशाख १५ गतेदेखि मात्रै शैक्षिक सत्र सुरु हुने गरी निर्देशन जारी गरेको छ । जस अन्तर्गत वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु…