राप्ती आधारभूत अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको समीक्षा
मसुरिया, ९ असोज।राप्ती आधारभूत अस्पताल कालापानीको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्थाबारे अनुगमन, मूल्यांकन तथा समीक्षा गरिएको छ। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पतालको सेवा प्रवाह, पूर्वाधार, जनशक्ति, औषधि तथा उपकरणको उपलब्धता र स्वास्थ्य सेवाको गुणस्तरलगायतका विषयमा अनुगमन तथा मूल्यांकन गरेको हो। अनुगमनका क्रममा अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, उपलब्ध स्रोतसाधन…


