सुजन गडाल र दीक्षा दाहाल बने दोश्रो मेयर कप टेबलटेनिस च्याम्पियन

बनेपा,  २०८३, असार ९ गते मङ्गलबार । हिजो बनेपामा सम्पन्न दोश्रो मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा नेपाल आर्मीका सुजन गडाल र भिजन एकेडेमीकी दीक्षा दाहाल च्याम्पियन बनेका छन्। बनेपास्थित केएमसी हलमा आयोजित प्रतियोगिताको खुला पुरुष एकलतर्फ सुजन गडालले स्वर्ण पदक जिते। फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका उनले उपाधि आफ्नो नाममा लेखाउन सफल भए। नेपाल प्रहरीका संयोग कपाली…

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दैः बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची

देउखुरी, दाङ,  २०८३, असार ८ गते सोमबार । २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुहुनेछ । प्रस्तावमाथि…

राप्तीमा १५ दिने योग प्रशिक्षक प्रशिक्षण तालिम सुरु

तुलबहादुर कवँर मगरमसुरिया, ७ असार ।दाङको राप्ती गाउँपालिकामा १५ दिने योग प्रशिक्षक प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–TOT) तालिम आइतबारदेखि सुरु भएको छ। राप्ती गाउँपालिकाको आयोजना, नागरिक आरोग्य सेवा केन्द्रको सहजीकरण तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिको समन्वयमा गाउँपालिकाको सभा हल मसुरियामा तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा दाङ…

स्काउटको ७५ औँ स्थापना दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना

देउखुरी, दाङ,  असार ५ गते शुक्रबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासमा नेपाल स्काउटले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमार्फत राष्ट्र निर्माणमा समर्पित नागरिक तयार…

राप्तीमा ‘संरक्षण’ परियोजनाको सामाजिक परीक्षण सम्पन्न

मसुरिया, ४ असार ।दाङको राप्ती गाउँपालिकामा सञ्चालित ‘संरक्षण’ परियोजनाको सामाजिक परीक्षण बिहीबार मसुरियामा सम्पन्न भएको छ। मधेश मानव अधिकार गृह (माहुरी होम), कपिलवस्तुको आयोजनामा भएको कार्यक्रम परियोजना संयोजक रिखिराम हरिजनको अध्यक्षता तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष चौधरीले अल्पसंख्यक तथा लोपोन्मुख समुदायका अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रम…

राप्ती गाउँपालिकाद्वारा प्रहरी निरीक्षक ऐरीलाई बिदाइ

मसुरिया, ४ असार।दाङको राप्ती गाउँपालिकाले इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीलाई बिहीबार फेरि भेटौँला कार्यक्रम गरी बिदाइ गरेको छ। नेपाल प्रदेश प्रहरी कार्यालय, भैरहवा रुपन्देहीमा सरुवा भएपछि गाउँपालिकाले उहाँलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गरेको हो। साे अवसरमा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले प्रहरी निरीक्षक ऐरीले आफ्नो कार्यकालमा राप्ती…

सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य

बुटवल, असार ४ गते बिहिबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनिकरणकालागि बिशेष…

विशेषाधिकार समितिहरूको प्रथम राष्ट्रिय सम्मेलन ‘लुम्बिनी घोषणा पत्र–२०८३’ जारी गर्दै सकियो

देउखुरी, दाङ,  असार ३ गते बुधबार । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुँदे ‘लुम्बिनी घोषणा पत्र–२०८३’ जारी गर्दै सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा असार २ र ३ गते राप्ती उपत्यका देउखुरीमा सम्पन्न सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता र…

विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन संघीयता सुदृढीकरणमा कोसेढुङ्गाःमुख्यमन्त्री आचार्य

देउखुरी, दाङ,  असार २ गते मङ्गलबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाका विशेषाधिकार समितिहरूबीचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ ।लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा दाङको राप्ती उपत्यकास्थित लुम्बिनी सभाहलमा सुरु भएको बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति…

जनता मा.वि.कालाकाटेमा विद्यार्थीसँग अध्यक्ष कार्यक्रम

देउखुरी, दाङ,  असार २ गते मङ्गलबार । दाङको गढवा गाउँपालिका वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालय कालाकाटेमा विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुले पालिका अध्यक्षलाई प्रत्येक्ष विभिन्न माग राख्नुका साथै आफ्ना समस्याहरुलाई समेटेर ज्ञापनपत्र बुझाएका थिए । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता…