एसियाड टेनिस टोलीलाई इन्फिनिटीको खेल पोशाक

काठमाडौं, असोज ६ गते जापानमा आयोजना भइरहेको २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टेनिस टोलीलाई इन्फिनिटी एक्टिभ वेयरले खेल पोशाक प्रदान गरेको थियो । नेपाल टेनिस संघले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा इन्फिनिटीका प्रबन्ध निर्देशक प्रवीण गुरुङ र प्रमुख सञ्चालन अधिकृत (सीओओ) सौरभ गुरुङले टोलीलाई खेल पोशाक हस्तान्तरण गरेका थिए…

लुम्बिनीमा असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

दाङ, रामनगर, २०८३ असोज ७ गते । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।मुख्यमन्त्री आचार्यले बुधबार अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव…

पाँचौँ दिन लुम्बिनी फुटबल र युनाइटेड लालमटिया विजयी

बालकृष्ण थापा क्षेत्रीरामनगर, २०८३ असोज ६ गते । प्रथम खुला फुटबल प्रतियोगिताको पाँचौँ दिन पनि दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। पाँचौँ दिनको पहिलो खेलमा लुम्बिनी फुटबल क्लब र लमही फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी फुटबल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै २–१ गोलको जित निकालेको हो। लुम्बिनीले खेलमा दुई गोल गर्न सफल भयो…

राप्तीमा शैक्षिक कार्यक्रमको त्रैमासिक समीक्षा, असल अभ्यास आदानप्रदान

मसुरिया, ५ असोज ।दाङको राप्ती गाउँपालिकामा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूबीच शैक्षिक कार्यक्रमको त्रैमासिक समीक्षा तथा असल अभ्यास आदानप्रदान गरिएको छ। गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सोमबार पालिकाको सभाहल मसुरियामा भएको कार्यक्रममा विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमको प्रगति, कार्यान्वयन अवस्था र आगामी कार्ययोजनाबारे समीक्षा गरिएको हो। कार्यक्रममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २००६ (संशोधनसहित) को दफा ६५ को…

अनौठो संयोग : उद्घाटनदेखि चौथो दिनसम्म पेनाल्टी सुटआउटको रोमाञ्च

बालकृष्ण थापा क्षेत्रीरामनगर, २०८३ असोज ५ गते । प्रथम खुला फुटबल प्रतियोगिताको चौथो दिन पनि खेलाडी र दर्शकले रोमाञ्चक प्रतिस्पर्धाको अनुभव गरेका छन्। चौथो दिन सम्पन्न दुई खेलमध्ये पहिलो खेलमा खुरुरिया फुटबल क्लब विजयी हुँदा दोस्रो खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लागेको छ। प्रतियोगिताको उद्घाटनदेखि नै पेनाल्टी सुटआउटमार्फत खेलको नतिजा टुंगिने क्रम चौथो दिनसम्म…

राप्तीमा मंसिर १० देखि राष्ट्रपति रनिङ शिल्ड

मसुरिया,५ असोज ।दाङको राप्ती गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंसिर १० देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। सोमबार गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा बसेको सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले प्रतियोगिताको मिति तय गरेको हो। यसअघि शैक्षिक पात्रोमा असोज २१ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका थियो। तर, सोही समयमा संस्थागत…

पब्जी मोबाइल ग्लोबल ओपनमा नेपालका दुई टोली छनोट

काठमाडौं, असोज ५ गते । नेपालका दुई ई–स्पोर्ट्स टोली पब्जी मोबाइल ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसिया फाइनलमा दोस्रो र तेस्रो स्थान हासिल गर्दै ट्रेन टू किल (टीटूके) र होरा ई–स्पोर्ट्स ग्लोबल ओपनका लागि छनोट भएका हुन् । ई–स्पोर्ट्स संघ नेपाल (ईशान) र पब्जी मोबाइलको…

तेस्रो दिन आयोजक युनाइटेड लालमटिया निलो र बसन्तपुर विजयी

बालकृष्ण थापा क्षेत्रीरामनगर, २०८३ असोज ४ गते । प्रथम खुला फुटबल प्रतियोगिताको तेस्रो दिन दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। तेस्रो दिनको पहिलो खेलमा बसन्तपुर र दोस्रो खेलमा आयोजक युनाइटेड लालमटिया युवा क्लब निलो विजयी भएका छन्। तेस्रो दिनको पहिलो खेलमा आरवाइसी नयाँगाउँ र बसन्तपुरबीच निकै प्रतिस्पर्धात्मक खेल भयो। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले…

दोस्रो दिन जुरौनी फुटबल क्लब र युनाइटेड लालमटिया युथ क्लब सेतोको शानदार जित

बालकृष्ण थापा क्षेत्रीरामनगर, २०८३ असोज ३ गते । प्रथम खुला फुटबल प्रतियोगिताको दोस्रो दिन जुरौनी फुटबल क्लब गढवा–१ र युनाइटेड लालमटिया युथ क्लब सेतोले शानदार जित निकालेका छन्। शनिबार दिउँसो २ बजेका लागि तय भएको खेल ठूलो वर्षाका कारण केही समय प्रभावित भए पनि रेफ्रीले खेल सञ्चालन गर्ने निर्णय गरेपछि खेलाडीहरू वर्षामै मैदानमा उत्रिएका थिए।…

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोजिनुपर्छः मुख्यमन्त्री आचार्य

दाङ ३ असोज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताउनुभएको…