विश्वकप कसले जित्ला? संयोगले भन्छ– ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसहित ३० टोली उपाधिबाट टाढा

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार– फिफा विश्वकप २०२६ सुरु भएसँगै विश्व फुटबलका समर्थकमाझ एउटा प्रश्न सर्वाधिक चर्चामा छ– यसपटक विश्वकप कसले जित्ला? मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा यसपटक पहिलो पटक ४८ टोली सहभागी छन्। प्रतियोगिताको आकार विस्तार भएसँगै उपाधि दाबेदार टोलीको सूची पनि लामो देखिन्छ। तर विश्वकप इतिहासको एउटा रोचक…

विश्वकप अवैध स्ट्रिमिङ रोक्न दूरसञ्चार प्राधिकरणको निर्देशन

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार— नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अवैध रूपमा प्रसारण तथा स्ट्रिमिङ हुन नदिन सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई कडा निगरानी गर्न निर्देशन दिएको छ। प्राधिकरणको अनुमतिपत्र शर्त अनुगमन शाखाले बिहीबार जारी गरेको पत्रमा नेपालका लागि विश्वकप प्रसारणको आधिकारिक अधिकार हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम…

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त विशाल श्रेष्ठद्वारा पदबहाली

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले पदबहाली गर्नु भएको छ। नेपाल सरकारले बुधबार उहाँलाई परिषद्को उपाध्यक्ष पदमा नियुक्त गरेको थियो। पदबहाली समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले आफू खेल मैदानबाट व्यवस्थापकीय जिम्मेवारीमा आएको उल्लेख गर्दै खेलकुद क्षेत्रको समग्र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो।…

राप्तीमा कार्यालय सहयोगी तथा सवारी चालकलाई शिष्टाचार तालिम

तुलबहादुर कवँर मगरमसुरिया, २८ जेठ।दाङको राप्ती गाउँपालिकाले कार्यालय सहयोगी तथा सवारी चालकहरूका लागि तीन दिने शिष्टाचार तथा कुशल सेवा प्रवाह सम्बन्धी तालिम सुरु गरेको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री, उत्तरदायी तथा गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगी र सवारी चालकहरूको सहभागिता रहेको छ। तालिमको उद्घाटन…

राप्तीमा सिकल सेल एनिमिया तथा थालेसेमिया सम्बन्धी अभिमुखीकरण

तुलबहादुर कवँर मगरमसुरिया, २८ जेठ।दाङको राप्ती गाउँपालिकामा सिकल सेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको सभाहल मसुरियामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सिकल सेल एनिमिया र थालेसेमिया जस्ता वंशाणुगत रोगको समयमै पहिचान, परीक्षण तथा उपचार आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको…

विश्वकप २०२६ः उत्तर अमेरिकामा नदेखिने स्टारहरूको ‘बहिष्कृत उत्कृष्ट प्लेइङ–११’

देउखुरी, दाङ,  जेठ २८ गते बिहिबार । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु हुँदैछ। ४८ टोली, १०४ खेल र ३९ दिनसम्म चल्ने प्रतियोगिताले विश्वभरका करोडौं समर्थकलाई रोमाञ्चित बनाउनेछ। यसपटक विश्वकपमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, किलियन एमबाप्पे, लामिन यामाल र ह्यारी केनजस्ता सुपरस्टारहरूको प्रदर्शन हेर्न पाइनेछ। तर सबै चर्चित खेलाडी उत्तर…

फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोली, १०४ खेल र नयाँ इतिहासको सुरुआत

देउखुरी, दाङ,  जेठ २८ गते बिहिबार । विश्व फुटबल प्रेमीको लामो प्रतीक्षा अन्ततः समाप्त भएको छ। बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै फिफा विश्वकप २०२६ को औपचारिक सुरुआत हुनेछ। ४८ राष्ट्र, १०४ खेल र ३९ दिनसम्म चल्ने रोमाञ्चक प्रतिस्पर्धापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ। अमेरिका, मेक्सिको र…

फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० प्रमुख दाबेदार

देउखुरी, दाङ,  जेठ २८ गते बिहिबार । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ बिहीबार रातिदेखि अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा सुरु हुँदैछ। करिब ६ सातासम्म चल्ने प्रतियोगितामा विश्वभरका समर्थकको ध्यान उपाधि विजेता, फाइनल पुग्ने टोली र सर्वाधिक गोलकर्तातर्फ केन्द्रित रहनेछ। विश्वकपको उपाधि कसले जित्ला भन्ने जत्तिकै चासोको विषय ‘गोल्डेन बुट’ पनि हो।…

विश्वकप उद्घाटन समारोह : को–को गर्दैछन् प्रस्तुति, कहिले सुरु हुन्छ र कसरी हेर्ने ?

देउखुरी, दाङ,  जेठ २७ गते बुधबार l विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट औपचारिक रूपमा सुरु हुँदैछ। इतिहासकै सबैभन्दा ठूलो विश्वकप यसपटक नयाँ स्वरूपमा आयोजना हुँदैछ, जहाँ पहिलोपटक तीन राष्ट्र—अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। ४८ टोली, १०४ खेल र १६ आयोजक सहरसहितको विश्वकप जुन ११ मा मेक्सिकोबाट…

समूह ‘एल’ : इङ्ल्यान्ड–क्रोएसिया भिडन्तले बनायो ‘ग्रुप अफ डेथ’

देउखुरी, दाङ,  जेठ २७ गते बुधबार आगामी फिफा विश्वकप २०२६ को समूह ‘एल’ प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धात्मक समूहमध्ये एक बनेको छ। युरोपका दुई बलिया टोली इङ्ल्यान्ड र क्रोएसियासँगै अफ्रिकी शक्ति घाना तथा निरन्तर प्रगति गरिरहेको पानामा एउटै समूहमा परेपछि यसलाई धेरैले ‘ग्रुप अफ डेथ’ को संज्ञा दिएका छन्। ४८ टोली सहभागी विश्वकपको विस्तारित ढाँचाले ठूला टोलीहरू…