राप्तीमा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन
तुल बहादुर कवँर मगर भालुबाङ,१५ भदौ ।दाङको राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन गरिएको छ। १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सोमबार आयोजित भेलाले गणेश आचार्यको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा प्रकाश शाही, महासचिवमा जगतप्रसाद पोख्रेल र कोषाध्यक्षमा डिलाराम पौडेल चयन हुनुभएको छ।…


