आगामी आर्थिक वर्षका योजना तथा बजेट मागबारे राप्तीमा सरोकारवालासँग छलफल
मसुरिया, २० जेठ।दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट, कार्यक्रम तथा योजनाबारे बुधबार सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको छ। गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख, उद्योगी–व्यवसायीका प्रतिनिधीहरुको सहभागितामा आयोजित कार्यक्रममा आगामी वर्ष सञ्चालन गरिने विकास आयोजना, पूर्वाधार निर्माण तथा जनमुखी कार्यक्रमलाई साझा प्राथमिकतामा राखी प्रदेश सरकारसमक्ष एकीकृत…


