पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाको स्थलगत अनुगमनकुपोषण न्यूनीकरणसँगै जीविकोपार्जन सुधारमा सकारात्मक प्रभाव
तुलबहादुर कवँर मगरमसुरिया, ३१ जेठ । दाङको राप्ती गाउँपालिकामा सञ्चालित ‘पोषणमार्फत् जीवन रूपान्तरण परियोजना’ अन्तर्गत कुपोषण न्यूनीकरण, खाद्य तथा पोषण सुरक्षा सुदृढीकरण र विपन्न परिवारको जीविकोपार्जन सुधारका लागि सञ्चालन भइरहेका कार्यक्रमहरूको शनिबार स्थलगत अनुगमन गरिएको छ। हेलेन केलर इन्टरनेसनल र आईडीई नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको साझेदारी तथा राप्ती गाउँपालिकाको समन्वयमा सञ्चालित परियोजनाअन्तर्गतका…


