वर्षाका कारण रोकिएको फुटबल प्रतियोगिता भोलिदेखि पुनः सञ्चालन हुँदै

असोज १२, देउखुरी । अविरल वर्षाका कारण रोकिएको प्रथम खुला फुटबल प्रतियोगिता भोलि २०८३ असोज १३ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।

प्रतिकूल मौसमका कारण रोकिएका खेलहरू मौसम अनुकूल भएपछि पुनः सञ्चालन गर्न लागिएको युनाइटेड लालमटिया युवा क्लबले जनाएको छ। क्लबले आज सूचना जारी गर्दै सम्पूर्ण खेलाडी, खेलप्रेमी, दर्शक तथा समर्थकलाई प्रतियोगिता पुनः सञ्चालन हुने जानकारी गराएको हो।

प्रतियोगिताअन्तर्गत भोलि अन्तिम सेमिफाइनल खेलमा युनाइटेड लालमटिया युवा क्लब ‘सेतो’ र फुटबल क्लब भालुवाङबीच प्रतिस्पर्धा हुनेछ। खेल असोज १३ गते दिउँसो ३ बजे लालमटिया टुडिखेलमा सुरु हुनेछ।

आयोजकले खेलाडी, दर्शक तथा समर्थकहरूलाई निर्धारित समयमा उपस्थित भई प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

चौतारी न्यूज

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ