सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन

२०८३ वैशाख २१, काठमाडौं काठमाडौं । काभ्रेको धुलिखेलमा सम्पन्न सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ। वैशाख १६ देखि २० गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक पदक जितेर उपाधि आफ्नो नाममा पार्न सफल भएको हो। नेपाल सभात संघको आयोजनामा तथा अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक एवं…

मनास्लुद्वारा उपाधि रक्षा, चौथो वडा अध्यक्ष कपमा ऐतिहासिक जित

काठमाडौं, बैशाख २२ गते डिफेन्डिङ च्याम्पियन मनास्लुले चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ। मंगलबार चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा सम्पन्न फाइनल खेलमा मनास्लुले बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयलाई २–० गोलले पराजित गर्दै लगातार उपाधि जितेको हो। प्रतिस्पर्धात्मक फाइनल खेलमा मनास्लुका विमल तामाङ र संगम तामाङले समान एक–एक गोल…

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण, हाइनान ओपनमा उत्कृष्ट प्रदर्शन

गते, काठमाडौं, वैशाख २१ चीनमा सम्पन्न हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गर्दै चार स्वर्ण पदक जितेका छन्। मे २ देखि ४ तारिखसम्म चीनको सान्या शहरमा आयोजना भएको उक्त प्रतियोगितामा नेपालले प्रभावशाली प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता देखाएको हो। नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङ प्रतियोगिताका सबैभन्दा सफल…

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया च्याम्पियन

काठमाडौं, २०८३ वैशाख २० गते काठमाडौं नजिकै सम्पन्न चाँगुनारायण राष्ट्रिय ट्रेल रन प्रतियोगितामा नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढा च्याम्पियन बनेका छन्। नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला ३६ किलोमिटर दूरीतर्फ पुरुषमा राजन र महिलामा सुनमायाले शीर्ष स्थान हासिल गरेका हुन्। राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट…

पोखरा महिला गोल्डकप: संकटालाई हराउँदै आर्मी फाइनलमा

वैशाख  १९, पोखरा पोखरा — त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा शनिबार सम्पन्न सेमिफाइनल खेलमा संकटालाई ४–२ गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो। पोखरा रंगशालास्थित फुटबल मैदानमा सम्पन्न खेलमा आर्मीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप…

१९ टिम सहभागीसहित सेभेन–ए–साइड प्रतियोगिता सुरु

काठमाण्डौ, २०८३ वैशाख १९ गते वडा ७ को आयोजनामा सुरु भएको सेभेन–ए–साइड नकआउट प्रतियोगिता एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले गरेका हुन्। प्रतियोगितामा कुल १९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताले स्थानीय खेलप्रेमीहरूबीच उत्साह थपेको छ। प्रतियोगिताअन्तर्गत विजेता टिमले ३० हजार रुपैयाँ…

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

काठमाण्डौ, २०८३ वैशाख १९ गते दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सतर्फ नेपाल प्रहरीकी नविता श्रेष्ठ, एभीएमकी वियंका राई, एभीएमकी इभाना थापा र भिजन टेबलटेनिस एकेडेमीकी योङगी पौडेल सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न क्वाटरफाइनल खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै चारै खेलाडीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। नविता…

ए स्टार नेपाल बास्केटबल लिगमा रोमाञ्चक प्रतिस्पर्धा जारी, हिजोका खेलमा डीबीएससहित प्रमुख टिमको जित

२०८३ वैशाख १९ गते बेलायतमा जारी ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ अन्तर्गत हिजो सम्पन्न खेलहरू अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका छन्। एल्डरशट र लन्डनमा सञ्चालन भइरहेको प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थितिका बीच टिमहरूबीच कडा प्रतिस्पर्धा देखिएको हो। हिजो सम्पन्न खेलमध्ये सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामा डीबीएसले ग्रीनफोर्ड नाइट्सलाई ८४–८२ को झिनो अन्तरले पराजित गर्दै महत्वपूर्ण जित…

प्रणव–आयुशमानको जोडी पुरुष डबल्समा विजेता

काठमाडौँ, वैशाख २० (शनिबार) — १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष डबल्सतर्फ प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी विजेता बनेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा सम्पन्न फाइनलमा प्रणव–आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६ र ६–३ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। भेट्रान ३५ वर्षमाथि पुरुष…

तिलिचो तालमा आयोजित रेस्लिङ ‘वल्र्ड बुक अफ रेकर्ड’मा समावेश

काठमाडौं, बैशाख १८ गते —नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङस्थित तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याच ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’मा समावेश भएको छ। समुद्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित विश्वकै अग्ला तालमध्ये एक तिलिचोमा आयोजना गरिएको रेस्लिङ प्रतियोगितालाई उच्च उचाइमा सम्पन्न खेलकुद गतिविधिका रूपमा रेकर्डमा समावेश गरिएको हो। गत नोभेम्बर २६…