गोरखा आइडियल र राप्ती साउदर्न डोजोका खेलाडीको जुनियर अपग्रेडिङ सम्पन्न

दाङ, राप्ती — २०८३ भदौ २ गते, मंगलबार। सितोरियो कराँतेअन्तर्गत गोरखा आइडियल डोजो लालमटिया र राप्ती साउदर्न डोजो गढवाका खेलाडीहरूको जुनियर अपग्रेडिङ तथा ब्ल्याक बेल्ट दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ। २०८३ भदौ १ गते आयोजित कार्यक्रममा दुवै डोजोका ५४ जना खेलाडीले जुनियर बेल्ट प्राप्त गरेका थिए भने १३ जना खेलाडीलाई ब्ल्याक बेल्ट दीक्षान्त गरिएको थियो।…

तार्केश्वर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु, पहिलो दिन १६ खेल सम्पन्न

काठमाडौं, साउन १९ – तार्केश्वर नगरपालिकाको आयोजनामा तार्केश्वर कप विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। प्रतियोगिता टिपटप स्पोर्ट्स हबमा सञ्चालन भइरहेको छ। प्रतियोगिताको उद्घाटन तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले गरेका थिए। उद्घाटन समारोहमा उपप्रमुख सिर्जना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा अध्यक्षहरू राधाकृष्ण खड्गी र कबिराज बस्नेत, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी,…

संस्कृति र तेजस्वी सिनियर गल्र्सतर्फ सेमिफाइनलमा

काठमाडौं, साउन १९ – आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्। टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न क्वार्टरफाइनल खेलमा संस्कृति शिक्षा सदनले निम्बल एकेडेमीलाई १–० गोलले पराजित गर्‍यो। अर्को खेलमा तेजस्वी एकेडेमीले पास्कल इन्टरनेसनल एकेडेमीलाई समान १–० गोलले हराउँदै अन्तिम…

हेराल्ड र सीसीआरसी विजयी, ब्वाइजतर्फ दोस्रो चरणमा प्रवेश

काठमाडौं, साउन १९ – हेराल्ड इन्टरनेसनल कलेज र सीसीआरसीले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ विजयी सुरुआत गरेका छन्। टोखा–स्थित साइबाबा चोकमा रहेको प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा सोमबार सम्पन्न खेलमा हेराल्डले ग्रिनफिल्डलाई ४२–३७ अंकले पराजित गर्‍यो। विजयी टोलीका डेविड राईले १२ अंक जोड्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। अर्को खेलमा सीसीआरसीले न्युटन कलेजलाई ४८–३४ अंकले…

छैटौँ त्रियोग अन्तरविद्यालय चेस सम्पन्न, ७६ विद्यालयका ६ सयभन्दा बढी खेलाडी सहभागी

काठमाडौं, साउन १० । आयोजक त्रियोग हाई स्कुलको ४०औँ वार्षिकोत्सवको अवसरमा आयोजित छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ७६ विद्यालयका ६ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिताको टोलीतर्फ कक्षा १ देखि ३ समूहमा आयोजक त्रियोग हाई स्कुल र अन्नपूर्ण स्कुल संयुक्त रूपमा पहिलो भए। कक्षा ४ र ५ समूहमा पुष्प सदन…

पदक विजेता टेबलटेनिस खेलाडी बैंकक प्रस्थान

काठमाडौं, साउन ४ – सातौं इटीटी टेबलटेनिस प्रतियोगिता तथा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता चार नेपाली खेलाडी सोमबार थाइल्यान्डको बैंककतर्फ प्रस्थान गरेका छन्। इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहले घोषणा गरेको पाँचदिने बैंकक भ्रमण कार्यक्रमअन्तर्गत इटीटी टेबलटेनिसको टिम इभेन्टमा स्वर्ण जितेका महेश श्रेष्ठ, दीक्षा दाहाल र रनोज थकु तथा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका रजत विजेता एलेक्स…

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

दाङ २०८३ असार २७, शनिबार, लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक लाई नगदसहित सम्मान गरेको छ ।लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार आयोजित कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा म्यानेजर गरी एक सय पाँच जनालाई सम्मान गरिएको हो ।…

त्रिनेत्र र द फोर एलिमेन्ट्स बने राष्ट्रिय ई–स्पोर्ट्स च्याम्पियन

काठमाडौं २०८३ असार २७ गते, शनिबार । तेस्रो संस्करणको राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामा फ्रि–फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइल (PUBG Mobile) तर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन्। ई–स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा दुवै विजेता टोलीले उपाधिसहित समान ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको ई–फुटबल विधामा रजत बुढाथोकी उत्कृष्ट प्रदर्शन गर्दै…

सुजन गडाल र दीक्षा दाहाल बने दोश्रो मेयर कप टेबलटेनिस च्याम्पियन

बनेपा,  २०८३, असार ९ गते मङ्गलबार । हिजो बनेपामा सम्पन्न दोश्रो मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा नेपाल आर्मीका सुजन गडाल र भिजन एकेडेमीकी दीक्षा दाहाल च्याम्पियन बनेका छन्। बनेपास्थित केएमसी हलमा आयोजित प्रतियोगिताको खुला पुरुष एकलतर्फ सुजन गडालले स्वर्ण पदक जिते। फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका उनले उपाधि आफ्नो नाममा लेखाउन सफल भए। नेपाल प्रहरीका संयोग कपाली…

जापानले नेदरल्यान्ड्सलाई हराउन सक्ला ? डच चुनौती सामना गर्न तयार एसियन पावरहाउस

देउखुरी, दाङ,  जेठ ३१ गते आइतबार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को बहुप्रतीक्षित खेलमा आइतबार एसियाली शक्ति जापान र युरोपेली महारथी नेदरल्यान्ड्स आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुने खेललाई समूह चरणकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक मानिएको छ । तीनपटकको विश्वकप उपविजेता नेदरल्यान्ड्स १२औं पटक विश्वकप खेल्दैछ । युरोपियन च्याम्पियनसिप २०२४…