समूह ‘एल’ : इङ्ल्यान्ड–क्रोएसिया भिडन्तले बनायो ‘ग्रुप अफ डेथ’
देउखुरी, दाङ, जेठ २७ गते बुधबार आगामी फिफा विश्वकप २०२६ को समूह ‘एल’ प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धात्मक समूहमध्ये एक बनेको छ। युरोपका दुई बलिया टोली इङ्ल्यान्ड र क्रोएसियासँगै अफ्रिकी शक्ति घाना तथा निरन्तर प्रगति गरिरहेको पानामा एउटै समूहमा परेपछि यसलाई धेरैले ‘ग्रुप अफ डेथ’ को संज्ञा दिएका छन्। ४८ टोली सहभागी विश्वकपको विस्तारित ढाँचाले ठूला टोलीहरू…


