गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई

नेपालगन्ज  २०८३ असोज १७ गते विश्वव्यापी जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि बिशाल बोहरा र आयुष्मा सिंहले जितेका छन् । शनिबार खजुराको सितापुर गौघाटमा सम्पन्न प्रतियोगिताको ६ किलोमिटर छात्रतर्फ शुक्र माविका बिशाल बोहरा प्रथम भए । जनसेवा माविका उपेन्द्र बम दोस्रो तथा सोही विद्यालयका निशान्त विक तेस्रो भए । ३…

युएलएफसी कप २०८३ : आयोजक लालमटिया निलोको शानदार जित, पहिलो संस्करण सम्पन्न

रामनगर,दाङ, २०८३ अशोज १४ गते युनाइटेड लालमटिया युथ क्लबले पहिलोपटक आयोजना गरेको युएलएफसी कप २०८३ आयोजककै टोली युनाइटेड लालमटिया युथ क्लब निलोको शानदार प्रदर्शनसँगै सम्पन्न भएको छ। प्रतियोगिताको फाइनलमा आयोजक लालमटिया निलोले फुटबल क्लब भालुवाङलाई ५–१ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। फाइनल खेलमा लालमटिया निलो सुरुदेखि नै प्रभावशाली देखिएको थियो। पहिलो हाफमै…

पदकधारी कराते खेलाडी स्वदेश फिर्ता

काठमाडौं, असोज १४ गते । जापानमा आयोजित दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीसहितको टोली मंगलबार राति स्वदेश फर्किएको छ। जापानको नागोयामा सेप्टेम्बर २० देखि २३ तारिखसम्म भएको २०औं एसियाली खेलकुद तथा योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म भएको ११औं सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिप मा सहभागी नेपाली टोली मंगलबार राति १०ः५१ बजे…

लालमटियाको होम ग्राउण्डमा भालुवाङको शानदार जित, फाइनलमा प्रवेश

दाङ, रामनगर असोज १३ अविरल वर्षाका कारण रोकिएको प्रथम खुला फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा फुटबल क्लब भालुवाङले युनाइटेड लालमटिया युवा क्लब ‘सेतो’लाई ५–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। असोज १३ गते भएको खेलमा भालुवाङले उत्कृष्ट प्रदर्शन गर्दै ५ गोल गर्न सफल भयो। यता आयोजक टोली युनाइटेड लालमटिया ‘सेतो’ले भालुवाङविरुद्ध १ गोल फर्काएको…

नेपाल–श्रीलंका क्वार्टरफाइनल : वर्षाले फेरि रोक्यो खेल

दाङ,२०८३ असोज १३ गते बिहान ८:५० बजे: दुःखद खबर पुष्टि भएको छ। एक बल पनि नफ्याँकी नेपाल–श्रीलंकाबीचको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएको छ। उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ, जहाँ उसले भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपालका लागि यो खेल ऐतिहासिक अवसर थियो। नेपालले समूह चरणमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै महत्वपूर्ण जित हात पारेको थियो।…

वर्षाका कारण रोकिएको फुटबल प्रतियोगिता भोलिदेखि पुनः सञ्चालन हुँदै

असोज १२, देउखुरी । अविरल वर्षाका कारण रोकिएको प्रथम खुला फुटबल प्रतियोगिता भोलि २०८३ असोज १३ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। प्रतिकूल मौसमका कारण रोकिएका खेलहरू मौसम अनुकूल भएपछि पुनः सञ्चालन गर्न लागिएको युनाइटेड लालमटिया युवा क्लबले जनाएको छ। क्लबले आज सूचना जारी गर्दै सम्पूर्ण खेलाडी, खेलप्रेमी, दर्शक तथा समर्थकलाई प्रतियोगिता पुनः सञ्चालन हुने…

एसियाली खेलकुदमा सोम कुमालको राष्ट्रिय कीर्तिमान, टेनिसमा नेपाललाई मिश्रित नतिजा

असोज ११, आइची–नागोया, जापान । २०औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्समा नेपालका सोम कुमालले पुरुष ८०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। कुमालले ८०० मिटरको दूरी १ मिनेट ४८.९५ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यसअघि कुमालको नाममा १ मिनेट ४९.५५ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। प्रतियोगिताको पहिलो राउण्डअन्तर्गत पहिलो…

एभर स्किन एन्ड हेयर क्लिनिक बन्यो सुदूरपश्चिम रोयल्सको ‘ग्लो एन्ड पर्सनालिटी’ पार्टनर

असोज ११, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले एभर स्किन एन्ड हेयर क्लिनिकसँग साझेदारी गरेको छ। क्लिनिक टोलीको आधिकारिक ‘ग्लो एन्ड पर्सनालिटी’ पार्टनर बनेको हो। साझेदारीअन्तर्गत प्रतियोगिताका क्रममा रोयल्सका खेलाडीले क्लिनिकबाट छाला, कपाल तथा हेयर ट्रान्सप्लान्टसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गर्नेछन्। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले खेलाडीको मैदानमा…

सातौँ दिनमा भालुवाङ र लालमटिया निलोको रोमाञ्चक जित, खेल हेर्दा फाइनलजस्तै रोमाञ्च

बालकृष्ण थापा क्षेत्रीरामनगर, असोज ८ गते । प्रथम खुला फुटबल प्रतियोगिताको सातौँ दिनका खेलहरू रोमाञ्चक बनेको थियो। दिनभर वर्षा भइरहे पनि मैदानमा खेलाडीको जोश र दर्शकको उत्साहमा कमी देखिएन। विशेषगरी दोस्रो खेल हेर्दा फाइनल खेलकै झल्को दिने खालको प्रतिस्पर्धा भएको थियो। सातौँ दिनको पहिलो खेलमा जुरौनी फुटबल क्लब र फुटबल क्लब भालुवाङबीच प्रतिस्पर्धा भएको थियो।…

तेन्जिङले दिए नेपाली टोलीलाई उत्साह

खुशराज दाहाल, नागोया, जापानकाठमाडौं, असोज ८ गते । २०औँ एसियाली खेलकुदमा तेन्जिङ शेर्पाले कांस्य पदक जितेसँगै नेपाली टोलीमा नयाँ उत्साह थपिएको छ । करातेको अन्तिम दिन पुरुष ८४ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेका तेन्जिङले नेपालका लागि प्रतियोगिताको पहिलो पदक जितेका हुन् । कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ अंकले पराजित गर्दै पदक…