एभीएस टिम च्याम्पियन, तेस्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते सम्पन्न

काठमाडौं, वैशाख २७ गते ।एभीएस तेस्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एभीएसले सर्वाधिक ११ स्वर्ण पदक जित्दै उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो । पाको–नेपाल क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा ९ स्वर्ण पदकसहित ब्रिज वाटर इन्टरनेसनल स्कुल दोस्रो स्थानमा रह्यो भने ६ स्वर्ण जित्दै घर सित…

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

काठमाडौं, बैशाख २६ ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय अपांग महिला समाज को आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुल मा शनिबार सम्पन्न प्रतियोगितामा डब्ल्यूएसए तीनवटै खेलमा विजयी हुँदै ६ अंकसहित च्याम्पियन बनेको हो । उपाधिसँगै टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । डब्ल्यूएसएले…

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

कोहलपुर, बैशाख २५ — पूर्ण प्रसाद आचार्य ले शिक्षा र खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । शनिबार कोहलपुर मा आयोजित ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले आगामी वर्षदेखि उक्त कार्यक्रमलाई कोहलपुर क्षेत्रका हरेक विद्यालयसम्म विस्तार गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाल एपीएफ स्कुल को हलमा आयोजित…

सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल ५ के रन च्यालेन्जमा प्रथम

काठमाडौं, बैशाख २५ — सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले ‘नेपाल ५ के रन च्यालेन्ज’ अन्तर्गत खुला दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । सञ्जय पुरुषतर्फ तथा पूर्णलक्ष्मी महिलातर्फ विजेता बनेका हुन् । एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिका को सहयोगमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुष ५ किलोमिटर दौड सञ्जयले १४ मिनेट ३४.७४ सेकेन्डमा पूरा…

बिटीएफडब्लुद्वारा अन्तर्राष्ट्रिय एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित

काठमाडौं, २५ वैशाख २०८३ नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी युकी आङदेम्बे लाई अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको ऐतिहासिक सफलताको सम्मानस्वरूप ब्रदर्स देयर फर वि (बीटीएफडब्लु) ले नगदसहित सम्मान गरेको छ। बीटीएफडब्लुले बिहीबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा युकीलाई सम्मानपत्रसहित नगद ५० हजार रुपैयाँ प्रदान गर्दै सम्मान जनाएको हो। युकीले हालै भारतमा सम्पन्न ‘मेट्रिक्स फाइट नाइट…

सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन

२०८३ वैशाख २१, काठमाडौं काठमाडौं । काभ्रेको धुलिखेलमा सम्पन्न सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ। वैशाख १६ देखि २० गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक पदक जितेर उपाधि आफ्नो नाममा पार्न सफल भएको हो। नेपाल सभात संघको आयोजनामा तथा अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक एवं…

मनास्लुद्वारा उपाधि रक्षा, चौथो वडा अध्यक्ष कपमा ऐतिहासिक जित

काठमाडौं, बैशाख २२ गते डिफेन्डिङ च्याम्पियन मनास्लुले चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ। मंगलबार चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा सम्पन्न फाइनल खेलमा मनास्लुले बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयलाई २–० गोलले पराजित गर्दै लगातार उपाधि जितेको हो। प्रतिस्पर्धात्मक फाइनल खेलमा मनास्लुका विमल तामाङ र संगम तामाङले समान एक–एक गोल…

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण, हाइनान ओपनमा उत्कृष्ट प्रदर्शन

गते, काठमाडौं, वैशाख २१ चीनमा सम्पन्न हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गर्दै चार स्वर्ण पदक जितेका छन्। मे २ देखि ४ तारिखसम्म चीनको सान्या शहरमा आयोजना भएको उक्त प्रतियोगितामा नेपालले प्रभावशाली प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता देखाएको हो। नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङ प्रतियोगिताका सबैभन्दा सफल…

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया च्याम्पियन

काठमाडौं, २०८३ वैशाख २० गते काठमाडौं नजिकै सम्पन्न चाँगुनारायण राष्ट्रिय ट्रेल रन प्रतियोगितामा नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढा च्याम्पियन बनेका छन्। नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला ३६ किलोमिटर दूरीतर्फ पुरुषमा राजन र महिलामा सुनमायाले शीर्ष स्थान हासिल गरेका हुन्। राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट…

पोखरा महिला गोल्डकप: संकटालाई हराउँदै आर्मी फाइनलमा

वैशाख  १९, पोखरा पोखरा — त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा शनिबार सम्पन्न सेमिफाइनल खेलमा संकटालाई ४–२ गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो। पोखरा रंगशालास्थित फुटबल मैदानमा सम्पन्न खेलमा आर्मीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप…