तार्केश्वर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु, पहिलो दिन १६ खेल सम्पन्न

काठमाडौं, साउन १९ – तार्केश्वर नगरपालिकाको आयोजनामा तार्केश्वर कप विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। प्रतियोगिता टिपटप स्पोर्ट्स हबमा सञ्चालन भइरहेको छ।

प्रतियोगिताको उद्घाटन तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले गरेका थिए। उद्घाटन समारोहमा उपप्रमुख सिर्जना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा अध्यक्षहरू राधाकृष्ण खड्गी र कबिराज बस्नेत, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी, नगर खेलकुद समितिका अध्यक्ष विक्रम खड्गी, खेलकुद शाखा संयोजक गौरव बस्नेत तथा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, विद्यार्थी र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको पहिलो दिन समूह चरणअन्तर्गत १६ खेल सम्पन्न भएको आयोजकले जनाएको छ।

नगर खेलकुद समितिका अध्यक्ष विक्रम खड्गीका अनुसार शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ विद्यालयको सहभागिता रहेको छ। सहभागी टोलीहरूमा श्री काभ्रेस्थली, युरेका, मनमैजु, संस्कृति शिक्षा सदन, प्रारम्भ वर्ल्ड स्कुल, ज्ञानभूमि, विद्याश्री पाठशाला, नर्थ प्वाइन्ट एकेडेमी, एन्जल्स हार्ट नेसनल स्कुल, रोजमेरी आइडल बोर्डिङ स्कुल, मानसिंह धर्म, मिलन धर्मस्थली, जितपुर, नागार्जुना, फुटुङ, श्री कालीदेवी, लालीगुराँस नेसनल एकेडेमी, सिर्जना ज्ञान सागर, सिद्धार्थ मोडल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, हिमरश्मि, श्री पुरानो गुहेश्वरी, कौसल, संस्कार, कुञ्चीप्वाकल, सेक्रेड हार्ट, युनाइटेड स्कोलर्स, न्यु एरा एकेडेमी, मेगा पब्लिक, टाइम्स, ग्राम सेवा र एलिगेन्ट रहेका छन्।

प्रतियोगिताअन्तर्गत समूह चरणका बाँकी खेलहरू मंगलबारदेखि निरन्तर सञ्चालन हुनेछन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ