युवराज राना एसियाली खेलकुदका लागि छनोट

देउखुरी, दाङ,  जेठ ३० गते शनिबार । नेपाली तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि छनोट भएका छन् । नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाका अनुसार युवराजले पुरुष एकल पुम्सेको यू–३० उमेर समूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गर्दै एसियाडमा स्थान सुरक्षित गरेका हुन् । यसअघि क्योरोगी विधातर्फ पुरुष ८० केजीमुनि…

ब्राजिल–मोरक्को भिडन्तमा विश्वको नजर, स्कटल्यान्ड र हाइटी पनि मैदानमा

देउखुरी, दाङ,  जेठ ३० गते शनिबार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ का खेलहरू आइतबार रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दिनको सबैभन्दा बहुप्रतिक्षित खेलमा पाँचपटकको विश्व विजेता ब्राजिलले अफ्रिकी शक्तिशाली टोली मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ भने अर्को खेलमा स्कटल्यान्ड र हाइटी आमनेसामने हुनेछन् । न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने ब्राजिल–मोरक्को खेल नेपाली समयअनुसार बिहान…

१०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार नेपाल बास्केटबल संघ को आयोजनामा १०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता आगामी असार १ गतेदेखि हुने भएको छ। प्रतियोगिता असार ६ गतेसम्म सञ्चालन हुनेछ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष भीमसिंह गुरुङ ले प्रतियोगितामा मोफसलका तीनसहित कुल आठ टोलीको सहभागिता रहने जानकारी दिए। मोफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल…

युएस ओपनमा सहभागिताका लागि कराते खेलाडी सुमनलाई लनर्सको प्रायोजन

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सी प्रालिले नेपाली कराते खेलाडी सुमन तिमल्सिनालाई आगामी युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागिता जनाउन प्रायोजन गर्ने भएको छ। यस सम्बन्धी सम्झौतापत्रमा लनर्सका प्रबन्ध निर्देशक सुदिप छत्कुली र खेलाडी सुमन तिमल्सिनाले हस्ताक्षर गरेका छन्। प्रतियोगिता अमेरिकाको फ्लोरिडामा आगामी जुलाई २ देखि ४ तारिखसम्म आयोजना…

राखेपका नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यलाई स्वागत

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार नेपाल ओलम्पियन एसोसिएसन र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष तथा बोर्ड सदस्यलाई शुक्रबार स्वागत तथा सम्मान गरेको छ। त्रिपुरेश्वरस्थित खेलाडी संघको कार्यालयमा आयोजित संयुक्त कार्यक्रममा राखेपका नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठ तथा बोर्ड सदस्यहरू सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन…

घरेलू टोली अमेरिका र क्यानडाको विश्वकप अभियान आजबाट सुरु

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार फिफा विश्वकपको आयोजक राष्ट्र अमेरिका र क्यानडाले शुक्रबार मध्यरातदेखि आफ्नो विश्वकप यात्रा सुरु गर्दैछन्। क्यानडाले टोरन्टो स्टेडियममा बोस्निया एन्ड हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्नेछ भने अमेरिकाले लस एन्जलसमा पाराग्वेको सामना गर्नेछ। क्यानडाको लक्ष्य सफल सुरुआत हाल आफ्नो स्वर्णिम पुस्तासहित मैदान उत्रिन लागेको क्यानडा प्रशिक्षक Jesse Marsch को नेतृत्वमा ऐतिहासिक उपलब्धि हासिल…

विश्वकप अवैध स्ट्रिमिङ रोक्न दूरसञ्चार प्राधिकरणको निर्देशन

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार— नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अवैध रूपमा प्रसारण तथा स्ट्रिमिङ हुन नदिन सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई कडा निगरानी गर्न निर्देशन दिएको छ। प्राधिकरणको अनुमतिपत्र शर्त अनुगमन शाखाले बिहीबार जारी गरेको पत्रमा नेपालका लागि विश्वकप प्रसारणको आधिकारिक अधिकार हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम…

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त विशाल श्रेष्ठद्वारा पदबहाली

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले पदबहाली गर्नु भएको छ। नेपाल सरकारले बुधबार उहाँलाई परिषद्को उपाध्यक्ष पदमा नियुक्त गरेको थियो। पदबहाली समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले आफू खेल मैदानबाट व्यवस्थापकीय जिम्मेवारीमा आएको उल्लेख गर्दै खेलकुद क्षेत्रको समग्र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो।…

फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोली, १०४ खेल र नयाँ इतिहासको सुरुआत

देउखुरी, दाङ,  जेठ २८ गते बिहिबार । विश्व फुटबल प्रेमीको लामो प्रतीक्षा अन्ततः समाप्त भएको छ। बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै फिफा विश्वकप २०२६ को औपचारिक सुरुआत हुनेछ। ४८ राष्ट्र, १०४ खेल र ३९ दिनसम्म चल्ने रोमाञ्चक प्रतिस्पर्धापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ। अमेरिका, मेक्सिको र…

फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० प्रमुख दाबेदार

देउखुरी, दाङ,  जेठ २८ गते बिहिबार । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ बिहीबार रातिदेखि अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा सुरु हुँदैछ। करिब ६ सातासम्म चल्ने प्रतियोगितामा विश्वभरका समर्थकको ध्यान उपाधि विजेता, फाइनल पुग्ने टोली र सर्वाधिक गोलकर्तातर्फ केन्द्रित रहनेछ। विश्वकपको उपाधि कसले जित्ला भन्ने जत्तिकै चासोको विषय ‘गोल्डेन बुट’ पनि हो।…