चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया च्याम्पियन
काठमाडौं, २०८३ वैशाख २० गते काठमाडौं नजिकै सम्पन्न चाँगुनारायण राष्ट्रिय ट्रेल रन प्रतियोगितामा नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढा च्याम्पियन बनेका छन्। नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला ३६ किलोमिटर दूरीतर्फ पुरुषमा राजन र महिलामा सुनमायाले शीर्ष स्थान हासिल गरेका हुन्। राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट…


