chautareenews

एसियाली खेलकुद : मुकेशले बनाए नयाँ राष्ट्रिय कीर्तिमान, क्रिकेटमा नेपाल बाहिरियो

आइची नागोया, जापान असोज १३ । २०औँ एसियाली खेलकुदअन्तर्गत मंगलबार विभिन्न खेलमा नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्। एथलेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ भने क्रिकेटमा नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको छ। एथलेटिक्समा मुकेशको नयाँ राष्ट्रिय कीर्तिमान पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। उहाँले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्नुभयो।…

लालमटियाको होम ग्राउण्डमा भालुवाङको शानदार जित, फाइनलमा प्रवेश

दाङ, रामनगर असोज १३ अविरल वर्षाका कारण रोकिएको प्रथम खुला फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा फुटबल क्लब भालुवाङले युनाइटेड लालमटिया युवा क्लब ‘सेतो’लाई ५–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। असोज १३ गते भएको खेलमा भालुवाङले उत्कृष्ट प्रदर्शन गर्दै ५ गोल गर्न सफल भयो। यता आयोजक टोली युनाइटेड लालमटिया ‘सेतो’ले भालुवाङविरुद्ध १ गोल फर्काएको…

पूर्व राष्ट्रपती भण्डारी रुपन्देहीमा, मुख्यमन्त्री आचार्यले गरे स्वागत

बुटवल २०८३ असोज १३ गते विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गर्नुभएको छ ।मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि बुटवल आउनुभएकी भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गर्नुभएको हो ।एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उहाँ पहिलोपटक…

नेपाल–श्रीलंका क्वार्टरफाइनल : वर्षाले फेरि रोक्यो खेल

दाङ,२०८३ असोज १३ गते बिहान ८:५० बजे: दुःखद खबर पुष्टि भएको छ। एक बल पनि नफ्याँकी नेपाल–श्रीलंकाबीचको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएको छ। उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ, जहाँ उसले भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपालका लागि यो खेल ऐतिहासिक अवसर थियो। नेपालले समूह चरणमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै महत्वपूर्ण जित हात पारेको थियो।…

वर्षाका कारण रोकिएको फुटबल प्रतियोगिता भोलिदेखि पुनः सञ्चालन हुँदै

असोज १२, देउखुरी । अविरल वर्षाका कारण रोकिएको प्रथम खुला फुटबल प्रतियोगिता भोलि २०८३ असोज १३ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। प्रतिकूल मौसमका कारण रोकिएका खेलहरू मौसम अनुकूल भएपछि पुनः सञ्चालन गर्न लागिएको युनाइटेड लालमटिया युवा क्लबले जनाएको छ। क्लबले आज सूचना जारी गर्दै सम्पूर्ण खेलाडी, खेलप्रेमी, दर्शक तथा समर्थकलाई प्रतियोगिता पुनः सञ्चालन हुने…

एसियाली खेलकुदमा सोम कुमालको राष्ट्रिय कीर्तिमान, टेनिसमा नेपाललाई मिश्रित नतिजा

असोज ११, आइची–नागोया, जापान । २०औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्समा नेपालका सोम कुमालले पुरुष ८०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। कुमालले ८०० मिटरको दूरी १ मिनेट ४८.९५ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यसअघि कुमालको नाममा १ मिनेट ४९.५५ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। प्रतियोगिताको पहिलो राउण्डअन्तर्गत पहिलो…

रङ्गशिङ्ग खोलामा बनेको पक्की पुल मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन

असोज ११, अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र वडा नम्बर ९ जोड्ने रङ्गशिङ्ग खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्नुभएको छ। आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुल उद्घाटन गर्नुभएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरे, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवालाको सहभागिता रहेको थियो। पुल उद्घाटनपछि मुख्यमन्त्री आचार्यले…

एभर स्किन एन्ड हेयर क्लिनिक बन्यो सुदूरपश्चिम रोयल्सको ‘ग्लो एन्ड पर्सनालिटी’ पार्टनर

असोज ११, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले एभर स्किन एन्ड हेयर क्लिनिकसँग साझेदारी गरेको छ। क्लिनिक टोलीको आधिकारिक ‘ग्लो एन्ड पर्सनालिटी’ पार्टनर बनेको हो। साझेदारीअन्तर्गत प्रतियोगिताका क्रममा रोयल्सका खेलाडीले क्लिनिकबाट छाला, कपाल तथा हेयर ट्रान्सप्लान्टसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गर्नेछन्। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले खेलाडीको मैदानमा…

लालमटिया–कटाहा सडक जीर्ण बन्दै, मर्मतमा स्थानीयको ध्यानाकर्षण

बालकृष्ण थापा क्षेत्रीरामनगर, असोज १० गते । राप्ती गाउँपालिका–२ लालमटिया चोकदेखि दक्षिणतर्फ कटाहा जाने पक्की सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ। सडकका विभिन्न स्थानमा पिच उप्किएर खाल्डाखुल्डी पर्न थालेपछि यसबाट आवतजावत गर्ने विद्यार्थी, पैदलयात्री, स्थानीय बासिन्दा तथा सवारी चालकहरू समस्यामा परेका छन्। सडकमा देखिएका सामान्य क्षतिलाई समयमै मर्मत गरी टालटुल गर्न सके सडक थप बिग्रनबाट…

भारी वर्षापछि राप्तीका कर्मचारीलाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन निर्देशन

मसुरिया, ९ असोज।भारी वर्षाका कारण विपद्को जोखिम कायमै रहेपछि दाङको राप्ती गाउँपालिकाले सार्वजनिक बिदाका दिनसमेत कर्मचारीलाई कार्यालयमा उपस्थित भएर तयारी अवस्थामा रहन निर्देशन दिएको छ। गाउँपालिकाले असोज १० गते शनिबार र ११ गते आइतबार सार्वजनिक बिदा परे पनि गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीलाई आ–आफ्नो कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो। गाउँपालिकाले…