chautareenews

राप्ती गाउँपालिकाले ल्यायो ‘राप्ती कृषि एप’, किसानलाई डिजिटल सेवाको सुविधा

तुलबहादुर कवँर मगरभालुबाङ, २७ साउन।दाङको राप्ती गाउँपालिकाले किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘राप्ती कृषि एप’ सञ्चालनमा ल्याएको छ। एपमार्फत किसानले मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बालीसम्बन्धी विवरण तथा पशुपालनसम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्। त्यस्तै, बालीमा लाग्ने रोग तथा कीराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र…

व्यवसायमा व्यावसायिक इमानदारी आवश्यक छ : अध्यक्ष विष्ट

तुलबहादुर कवँर मगरसिसहनियाँ, २५ साउन ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यवसायीले आफ्नो व्यवसायप्रति व्यावसायिक इमानदारी, अनुशासन र असल आचरण कायम गर्नुपर्ने बताउनुभएको छ। व्यवसायमा गलत आचरणले प्रश्रय पाए बजारको विश्वसनीयता घट्ने उहाँको भनाइ छ। सिसहनियाँ उद्योग वाणिज्य संघको १२औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै…

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता, २०८३ साउन २४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको स्थलगत अनुगमन गर्नुभएको छ । सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको उपस्थितिमा आइतबार मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रको नदी कटान प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले…

आदिवासी जनजातिको पहिचान र अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ, २०८३ साउन २४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजाति समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा, ज्ञान र सीपको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न लुम्बिनी प्रदेशको समृद्धिमा आदिवासी…

एउटा विद्यालय, एउटा सपना र गाउँको साझा अभियान : कालाकाटेको जनता माविमा बस किन्न जुट्दै सहयोग

बालकृष्ण थापा क्षेत्रीदाङ, कालाकाटे । २०८३ साउन २४ गते गढवा गाउँपालिका–१ कालाकाटेस्थित जनता माध्यमिक विद्यालय यतिबेला सामाजिक सञ्जालदेखि गाउँघरको चिया चौतारासम्म चर्चामा छ। चर्चा विद्यालयको भवन, परीक्षा नतिजा वा कुनै उत्सवको होइन, विद्यार्थीका लागि आफ्नै विद्यालयको बस खरिद गर्ने एउटा सुन्दर सपनाको हो। लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको नजिकै, पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कालाकाटेमा रहेको जनता माविको…

सिमलखुटीमा नवनिर्मित सार्वजनिक प्रतीक्षालय उद्घाटन

तुलबहादुर कवँर मगरसिसहनियाँ,२३ साउन ।राप्ती गाउँपालिका–४ सिमलखुटीमा नवनिर्मित सार्वजनिक प्रतीक्षालयको उद्घाटन गरिएको छ। प्रतीक्षालयको उद्घाटन गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शनिबार गर्नुभएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्टले स्थानीयवासीको आफ्नै पहल, श्रम र सहयोगबाट निर्माण भएको प्रतीक्षालय समुदायको एकता र सहकार्यको उदाहरण भएको बताउनुभयो। तिहारमा भैलो खेलेर संकलन गरेको रकमलाई सार्वजनिक हितमा लगाएर स्थानीयले अनुकरणीय काम…

पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुविधा सम्पन्न होटल सञ्चालनका लागि लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल २०८३, साउन २२, शुक्रबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाई लम्ब्याउन सुविधा सम्पन्न होटल सञ्चालन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो ।होटल संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिति गठन तथा घोषणा कार्यक्रमलाई शुक्रबार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री…

राप्तीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ३ सय १९ जनाले लिए सेवा

तुलबहादुर कवँर मगरसिसहनियाँ, २२ साउनदाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा शुक्रबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ३ सय १९ जनाले स्वास्थ्य सेवा लिएका छन्। राप्ती गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीसार स्वास्थ्य परामर्श, बुटवलको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा २ सय २३ महिला र ९६ पुरुषले स्वास्थ्य परीक्षण, परामर्श तथा…

लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै

दाङ २०८३, साउन २२, शुक्रबार, लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ । यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन् ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा सञ्चार…

राप्ती आधारभूत अस्पतालमा शुक्रबार निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

तुलबहादुर कवँर मगरसिसहनियाँ, २१ साउन।दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा शुक्रबार (साउन २२ गते) विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। राप्ती गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीसार स्वास्थ्य परामर्श बुटवलको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा हाडजोर्नी तथा नशा रोग, जनरल सर्जरी, युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया…