chautareenews

सामाजिक अभियानबाट सिकेको पाठ र युवाप्रतिको सन्देश

दाङ, २०८३, साउन, २१, बिहिबार, देउखुरीका युवा सामाजिक अभियन्ता सन्देश भण्डारी क्षेत्रीले आफ्नो २३ वर्षे जीवनयात्रा सार्वजनिक गर्दै सामाजिक अभियान, जनउत्तरदायित्व र युवाको भूमिकाबारे आफ्ना विचार व्यक्त गरेका छन्। गढवा गाउँपालिका–१, बनघुस्रीमा जन्मिएका भण्डारीले समाजका समस्या नजिकबाट देखेपछि सामाजिक अभियानमा सक्रिय भएको बताएका छन्। उनले हुलाकी राजमार्ग निर्माण सहजीकरण तथा पहल अभियान, राप्ती नदी बचाउ…

मनसुनजन्य विपद् न्यूनीकरणमा सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ, २०८३, साउन २०, बुधबार, साउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्का कारण मानवीय तथा भौतिक क्षति बढ्दै गएको भन्दै घटना र क्षति न्यूनीकरणका लागि सचेतना अभियानलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ ।लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार सम्पन्न १४औं बैठकलाई सम्बोधन गर्दै परिषद्का अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री आचार्यले विपद् न्यूनीकरणमा…

योजना अलपत्र नपार्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ, २०८३, साउन१९, मङ्गलबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकायलाई जिम्मेवार ढंगले काम गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक विकास मन्त्रालय र मातहतका निकायबाट सम्पादन गरिएका कार्यको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आयाेजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना अलपत्र…

युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ:मुख्यमन्त्री आचार्य

दाङ, २०८३, साउन१९, मङ्गलबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ ।प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई लमहीमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको…

तार्केश्वर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु, पहिलो दिन १६ खेल सम्पन्न

काठमाडौं, साउन १९ – तार्केश्वर नगरपालिकाको आयोजनामा तार्केश्वर कप विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। प्रतियोगिता टिपटप स्पोर्ट्स हबमा सञ्चालन भइरहेको छ। प्रतियोगिताको उद्घाटन तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले गरेका थिए। उद्घाटन समारोहमा उपप्रमुख सिर्जना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा अध्यक्षहरू राधाकृष्ण खड्गी र कबिराज बस्नेत, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी,…

संस्कृति र तेजस्वी सिनियर गल्र्सतर्फ सेमिफाइनलमा

काठमाडौं, साउन १९ – आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्। टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न क्वार्टरफाइनल खेलमा संस्कृति शिक्षा सदनले निम्बल एकेडेमीलाई १–० गोलले पराजित गर्‍यो। अर्को खेलमा तेजस्वी एकेडेमीले पास्कल इन्टरनेसनल एकेडेमीलाई समान १–० गोलले हराउँदै अन्तिम…

हेराल्ड र सीसीआरसी विजयी, ब्वाइजतर्फ दोस्रो चरणमा प्रवेश

काठमाडौं, साउन १९ – हेराल्ड इन्टरनेसनल कलेज र सीसीआरसीले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ विजयी सुरुआत गरेका छन्। टोखा–स्थित साइबाबा चोकमा रहेको प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा सोमबार सम्पन्न खेलमा हेराल्डले ग्रिनफिल्डलाई ४२–३७ अंकले पराजित गर्‍यो। विजयी टोलीका डेविड राईले १२ अंक जोड्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। अर्को खेलमा सीसीआरसीले न्युटन कलेजलाई ४८–३४ अंकले…

एनबीएफए र मित्रश्री पाठशाला यु–१२ ब्वाइजतर्फ फाइनलमा

काठमाडौं, साउन १९ – एनबीएफए र मित्रश्री पाठशालाले पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजतर्फ फाइनलमा स्थान सुरक्षित गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–भंगालस्थित भ्याली पब्लिक विद्यालयमा सोमबार सम्पन्न सेमिफाइनलमा एनबीएफएले डाफोडिललाई २–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। एनबीएफएका आरुष दाहालले दुवै गोल गरे भने डाफोडिलका जेभिसले एक सान्त्वना गोल फर्काए। अर्को सेमिफाइनलमा मित्रश्री…

बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक

दाङ, २०८३, साउन १८, सोमबार लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी र पारदर्शी बनाउन ५२ बुँदे मार्गदर्शन जारी गरेको छ ।चालु खर्चमा कडाइ गर्दै असार महिनामा गोष्ठी, सेमिनार, तालिम र अन्तक्र्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लङ्घन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा…

देउखुरीको गोपीनालामा भारतीय कार दुर्घटना, चालकसहित चार जना घाइते

भालुवाङ, १७ साउन — दाङको देउखुरीस्थित राप्ती गाउँपालिका–४ गोपीनालामा आइतबार दिउँसो भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकसहित चार जना भारतीय नागरिक घाइते भएका छन्। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दिउँसो करिब १:१० बजे भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट करिब पाँच फिट तल…