एसियाड टेनिस टोलीलाई इन्फिनिटीको खेल पोशाक
काठमाडौं, असोज ६ गते जापानमा आयोजना भइरहेको २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टेनिस टोलीलाई इन्फिनिटी एक्टिभ वेयरले खेल पोशाक प्रदान गरेको थियो । नेपाल टेनिस संघले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा इन्फिनिटीका प्रबन्ध निर्देशक प्रवीण गुरुङ र प्रमुख सञ्चालन अधिकृत (सीओओ) सौरभ गुरुङले टोलीलाई खेल पोशाक हस्तान्तरण गरेका थिए…


