राप्तीमा कार्यालय सहयोगी तथा सवारी चालकलाई शिष्टाचार तालिम
तुलबहादुर कवँर मगरमसुरिया, २८ जेठ।दाङको राप्ती गाउँपालिकाले कार्यालय सहयोगी तथा सवारी चालकहरूका लागि तीन दिने शिष्टाचार तथा कुशल सेवा प्रवाह सम्बन्धी तालिम सुरु गरेको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री, उत्तरदायी तथा गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगी र सवारी चालकहरूको सहभागिता रहेको छ। तालिमको उद्घाटन…


