राप्ती गाउँपालिकाद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण
भालुबाङ, २५ भदौ ।दाङको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घरमै पुगेर भत्ता नवीकरण गर्न थालेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले गाउँपालिकाले सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था मिलाएको हो । गाउँपालिकाको विकट पहाडी…


