chautareenews

तेजस्वी कप बास्केटबलः मार्वलस र भ्याली पब्लिक पहिलो सहभागितामै च्याम्पियन

देउखुरी, दाङ, जेठ २५ गते सोमबार ।— दोस्रो संस्करणको तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मार्वलस स्कुल (ब्वाइज) र भ्याली पब्लिक स्कुल (गल्र्स) ले ऐतिहासिक सफलता हासिल गर्दै उपाधि जितेका छन्। दुवै टोलीले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै च्याम्पियन बन्ने उपलब्धि हासिल गरेका हुन्। तार्केश्वर नगरपालिका–स्थित थापा गाउँमा रहेको तेजस्वी एकेडेमीको कोर्टमा आइतबार सम्पन्न फाइनल खेलमा…

डीएभी, जेम्स, सैनिक र पुलिस स्कुल सेमिफाइनलमा

देउखुरी, दाङ, जेठ २४ गते आइतबार । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ अन्तरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न क्वाटरफाइनल खेलपछि डीएभी सुशील केडिया विश्व भारती स्कुल, जेम्स स्कुल, सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुल अन्तिम चारमा पुगेका हुन्। तेस्रो क्वाटरफाइनलमा जेम्स स्कुलले मोक्षदा…

जर्मनी विश्वकपमा समूह चरणको अर्को निराशाबाट जोगिन सक्ला?

देउखुरी, दाङ, जेठ २४ गते आइतबार । चार पटकको विश्वकप विजेता जर्मनी आगामी विश्वकपमा फेरि एकपटक ठूलो दबाबमा मैदान उत्रिँदैछ। विश्व फुटबलको इतिहासमा सर्वाधिक सफल राष्ट्रमध्ये एक मानिने जर्मनीको मुख्य चुनौती यसपटक उपाधिभन्दा पनि समूह चरण पार गर्ने हुनेछ। जुन ११ देखि सुरु हुने विश्वकपमा जर्मनी समूह ‘इ’ मा नवप्रवेशी कुराकाओ, अफ्रिकी शक्ति आइभोरी कोष्ट…

विश्वकप समूह ‘डी’ : घरेलु दबाबमा अमेरिका, चुनौतीपूर्ण प्रतिस्पर्धामा टर्की, पाराग्वे र अस्ट्रेलिया

देउखुरी, दाङ, जेठ २४ गते आइतबार । सन् २०२६ फिफा विश्वकपको समूह ‘डी’ आयोजक अमेरिका लागि अवसर र चुनौती दुवैको परीक्षा बन्ने देखिएको छ। घरेलु मैदानमा विश्वकप खेल्न लागेको अमेरिकाले समूह चरणमा अस्ट्रेलिया, पाराग्वे र टर्कीको सामना गर्नेछ, जससँग उसको हालैको अनुभव रहेको छ। गत वर्ष अमेरिका यी तीनै टोलीसँग मैत्रीपूर्ण खेलमा भिडिसकेको थियो। टर्कीसँग…

समूह ‘सी’ मा ब्राजिल–मोरक्कोको रोचक भिडन्त, स्कटल्यान्ड र हाइटी पुनरागमनको कथा लेख्दै

काठमाडौं, जेठ २४ गते आइतबार । आगामी फिफा विश्वकपको समूह ‘सी’ सम्भावित रूपमा प्रतियोगिताकै सबैभन्दा रोचक र प्रतिस्पर्धात्मक समूहहरूमध्ये एक बन्ने देखिएको छ। पाँच पटकको विश्व च्याम्पियन ब्राजिल, पछिल्लो विश्वकपको सेमिफाइनलिस्ट मोरक्को तथा लामो अन्तरालपछि विश्वकपमा फर्किएका स्कटल्यान्ड र हाइटी एउटै समूहमा परेपछि समर्थकहरूको ध्यान यस समूहतर्फ केन्द्रित भएको छ। समूहका सबै खेल संयुक्त राज्य…

दोस्रो खुला जुडो: आर्मीका प्रवीण, राजु र मोनिकालाई स्वर्ण

काठमाडौं, जेठ २३ गते। नेपाल आर्मीका प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोस्रो खुला जुडो प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन्। ३ वटा विधामा प्रतिस्पर्धा भएको प्रतियोगिताको सबै स्वर्ण आर्मीका खेलाडीले आफ्नो पोल्टामा पारेका हुन्। खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा भएको पुरुष ७३ केजीमुनि फाइनलमा प्रवीणले आयोजक एकेडेमीका सुबोध मण्डललाई पराजित…

१८ औं इन्डो–नेपाल खुला कराते: बाघ भैरव बन्यो टिम च्याम्पियन

काठमाडौं, जेठ २३ गते। नेपालको बाघ भैरव डोजोले १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि जितेको छ। ७ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै बाघ भैरव समग्रमा टिम च्याम्पियन बनेको हो। मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजको हलमा भएको प्रतियोगितामा भारत ६ स्वर्ण, ७ रजत र २३ कांस्यसहित दोस्रो स्थानमा रह्यो। तेस्रो स्थान हासिल…

विश्व वातावरण दिवसको अवसरमा राप्तीमा वृक्षारोपण

भालुबाङ, २२ जेठ।विश्व वातावरण दिवसको अवसरमा दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित लालमटिया स्वास्थ्य चौकी परिसरमा शुक्रबार वृक्षारोपण गरिएको छ। ‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित राप्ती गाउँपालिकाको वन तथा वातावरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सुपारी ,आँप कल्की,पारिजात, समुन्द्री फूललगायत विभिन्न फलफूलका बिरुवा रोपिएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर…

लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

देउखुरी (दाङ), जेठ २२, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभएको हाे । लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ को भालुबाङ्गमा शुक्रबार उद्घाटन…