chautareenews

जनता माविका वरिष्ठ शिक्षक देवलाल यादवलाई भव्य बिदाई, ५१ हजारको अक्षयकोष स्थापना

बालकृष्ण थापा क्षेत्री देउखुरी दाङ, २०८३ जेठ १९, सोमबार जनता माध्यमिक विद्यालयमा लामो समयदेखि कार्यरत वरिष्ठ शिक्षक श्री देवलाल यादव सरलाई आज एक विशेष कार्यक्रमका बिच भावपूर्ण बिदाई गरिएको छ। वि.सं. २०४२ सालबाट शिक्षण पेसामा प्रवेश गर्नुभएका यादवले वि.सं. २०५५ पुस २१ गतेदेखि २०८३ जेठ १६ गतेसम्म यसै विद्यालयमा अनवरत रूपमा सेवा पुर्‍याउनुभएको थियो। विद्यालय…

मलेसियामा दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता: ८ टोली क्वाटरफाइनलमा, आजै उपाधि भिडन्त

क्वालालम्पुर, १८ जेठ — मलेसियामा जारी प्रतिष्ठित दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणका सम्पूर्ण खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्। शाह आलमस्थित पानासोनिक फुटबल स्टेडियममा आइतबार सम्पन्न खेलहरूबाट उत्कृष्ट प्रदर्शन गर्दै ८ टोलीहरूले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्। प्रतियोगिताको पहिलो चरण निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। विभिन्न नेपाली समुदाय तथा क्लबहरूको सहभागिता रहेको…

संयोग–नविताको जोडी राष्ट्रिय टेबलटेनिस च्याम्पियन, मिक्स डबल्समा स्वर्ण

काठमाडौं, १५ जेठ २०८३ नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठको जोडीले ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिक्स डबल्सतर्फ स्वर्ण पदक जित्दै च्याम्पियन बनेका छन्। शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलमा संयोग–नविताको जोडीले बागमती प्रदेशका प्रजिल भट्टराई र आश्मा पहरीको जोडीलाई ११–२, ११–४ र १५–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा…

ग्रिनफिल्ड फाइनलमा प्रवेश

काठमाडौं, जेठ १६ दोस्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ ग्रिनफिल्ड विद्यालय फाइनलमा प्रवेश गरेको छ। नागर्जुन नगरपालिका–५, सीतापाइलास्थित आयोजक महामञ्जुश्री विद्यालयको कोर्टमा शनिबार भएको सेमिफाइनल खेलमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–१२ अंकले पराजित गर्दै उपाधिनजिक पुगेको हो। अब ग्रिनफिल्डले उपाधिका लागि महामञ्जुश्री र पिपुल्स एकेडेमीबीच हुने अर्को सेमिफाइनलको…

राप्ती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

तुलबहादुर कवँर मगरमसुरिया, १६ जेठ ।दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि शनिबार एक कार्यक्रमका बीच औपचारिक रूपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो। कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयाेजक एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्ण…

मध्यमवर्गलाई ठूलो राहत र आर्थिक सुधारको नयाँ प्रस्थान: यस्ता छन् बजेटका सकारात्मक पक्षहरू

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ। यस पटकको बजेटले सर्वसाधारण नागरिक, मध्यमवर्ग र देशको आर्थिक संरचनामा दूरगामी सकारात्मक प्रभाव पार्ने थुप्रै महत्त्वपूर्ण घोषणाहरू गरेको छ। बजेटका केही मुख्य र स्वागतयोग्य राम्रा…

गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ: मुख्यमन्त्री आचार्य

देउखुरी, दाङ, बिहीबार, जेठ १५, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरु पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको १९ औँ गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले…

गणतन्त्रको रक्षा र सुदृढीकरणमा एकताबद्ध हुन मुख्यमन्त्री आचार्यको आह्वान

देउखुरी, दाङ, बिहीबार, जेठ १५, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र…

गणतन्त्र दिवसकाे पूर्वसन्ध्यामामा लुम्बिनी प्रदेशमा दिप प्रज्वलन

देउखुरी, दाङ, बुधबार, जेठ १४, २०८३ लुम्बिनी प्रदेश सरकारले १९ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ । दिवसको पूर्वसन्ध्यामा बिहिवार बेलुका राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश राजधानी परिसरमा दीप प्रज्वलन गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले दीप प्रज्वलन गर्दै गणतन्त्र ठूलो त्याग, संघर्ष र बलिदानीबाट प्राप्त ऐतिहासिक उपलब्धि भएकाले…

गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारद्वारा प्रशासनिक केन्द्र परिसरमा सरसफाई

देउखुरी, दाङ, बुधबार, जेठ १४, २०८३ गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो ।…