chautareenews

राप्तीको करार खेती : जग्गाविहीन युवाका लागि व्यवसायको ढोका

भाडामा जग्गा लिएर व्यावसायिक खेती गर्ने युवालाई तीन वर्षसम्म अनुदान, ३२ कृषक २८ बिघामा नगदेबाली उत्पादन गर्दै तुलबहादुर कवँर मगरमसुरिया, १६ साउन।आफ्नै नाममा जग्गा नभएकै कारण कृषि व्यवसाय सुरु गर्न नसक्ने युवाका लागि दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करार खेती कार्यक्रम नयाँ अवसरको ढोका बनेको छ। भाडामा जग्गा लिएर व्यावसायिक खेती गर्ने कृषकलाई अनुदान उपलब्ध…

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ , २०८३ साउन १६, शनिबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न सबै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ । सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन पनि उहाँले निर्देशन दिनुभएको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शनिबार…

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

दाङ , २०८३ साउन १५ शुक्रबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गर्नुभएको छ । कोशी प्रदेशको सुनसरीको देवानगन्जसहितका क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संयमता अपनाउन आग्रह गर्नुभएको हो ।मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको अपिलमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम…

राप्तीका विपन्न किसानलाई फलफूलका बिरुवा, घरबगैंचामार्फत पोषण र आम्दानी बढाउने लक्ष्य

तुलबहादुर कवँर मगरमसुरिया, १५ साउन।दाङको राप्ती गाउँपालिकामा १ सय ४५ विपन्न किसानलाई घरबगैंचा स्थापना गर्न फलफूलका बिरुवा वितरण गरिएको छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकासँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित ‘एकीकृत सामुदायिक विकास परियोजना’ अन्तर्गत किसानलाई बिरुवा वितरण हो। परियोजनाको ‘खाद्य तथा पोषण सुरक्षा’ कार्यक्रमअन्तर्गत किसानको आवश्यकता अनुसार आँप, लिची, कागती,…

राप्तीमा सार्वजनिक सुनुवाइ : विकास, बजेट र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

तुलबहादुर कँवर मगरमसुरिया, १४ साउन ।दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिकसम्म भएका विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको छ। बिहीबार गाउँपालिकाको सभाहल, मसुरियामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, प्रशासनिक सेवा तथा…

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

दाङ २०८३ साउन १४, बिहिबार, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो ।स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल,…

राप्तीमा न्यायिक समितिले एक वर्षमा ४५ विवाद टुंग्यायो, जग्गा साँधका उजुरी सबैभन्दा धेरै

तुलबहादुर कवँर मगरभालुबाङ, १३ साउन।राप्ती गाउँपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ४८ विवादमध्ये ४५ वटा मेलमिलापमार्फत निरुपण गरेको छ। गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कमलापति चौधरीका अनुसार अधिकांश विवाद ३५ दिनभित्रै निरुपण गरी कार्यान्वयनमा ल्याइएको छ भने ३ वटा विवाद अझै प्रक्रियामै रहेका छन्। समितिमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै जग्गा…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम

दाङ, देउखुरी,  २०८३ साउन १३, बुधबार लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो । यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई…

३०औँ जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीलाई झोला तथा खाजा वितरण

निराजन पोख्रेल दाङ,  २०८३ साउन १३, बुधबार राप्ती गाउँपालिका–३ निवासी तथा हाल अष्ट्रेलियामा सिस्टम इन्जिनियरका रूपमा कार्यरत विशाल गिरीले आफ्नो ३०औँ जन्मदिनको अवसर पारेर सामाजिक सेवामूलक कार्य गर्दै शिवराज आधारभूत विद्यालय, शिवराज न.पा ९ धानखोलामा अध्ययनरत विद्यार्थीहरूलाई झोला तथा खाजा वितरण गरेका छन्।मातृभूमि सेवा केन्द्र नेपाल संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका ३४ जना विद्यार्थीलाई विद्यालय…

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

दाङ, २०८३ साउन १२ बुधबार। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् ।नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन् ।राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज…