chautareenews

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

चितवन, असोज २१ गते । प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता कात्तिक १३ गतेदेखि चितवनमा आयोजना हुने भएको छ। चितवन तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगितामा क्योरुगी र पुम्सेतर्फ गरी ६४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार क्योरुगीतर्फ ५४ र पुम्सेतर्फ १० स्पर्धा समावेश छन्। प्रतियोगितामा आयोजकसहित सात प्रदेशका नौ टिम सहभागी हुने प्रतियोगिता संयोजक प्रज्ज्वल दवाडीले…

राप्तीमा रिक्त प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाइने

मसुरिया , २० असोज ।दाङको राप्ती गाउँपालिकामा रिक्त रहेका प्रधानाध्यापक पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढाइने भएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो। बैठकले शिक्षा नियमावली, २०५९ को परिच्छेद–१७ अन्तर्गत नियम ९३…

एसियाड पारा खेलाडीलाई टिसर्ट

काठमाडौं, असोज २० गते । जापानको आइची–नागोयामा आयोजना हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी नेपाली खेलाडीलाई ह्वाइट याकले टिसर्ट प्रदान गरेको छ । दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रिय पारालिम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटी, सदस्य सरोज श्रेष्ठ तथा पारा एथलेटिक्स संघ नेपालका सचिव साङबु भोटेले खेलाडीलाई टिसर्ट हस्तान्तरण गरे । अक्टोबर १८ देखि २४ तारिखसम्म हुने…

भोटेकोशी बाढीमा बेपत्ताका परिवारलाई सिपी नेपालको सहयोग

भालुबाङ, २० असोज ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका परिवारलाई क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपी नेपाल)ले राहत तथा शैक्षिक सहयोग गरेको छ । राप्ती गाउँपालिकाको समन्वयमा बाढीका कारण आफन्त गुमाएका तथा परिवारका सदस्य बेपत्ता भएपछि कठिन परिस्थितिमा रहेका परिवारलाई संस्थाले दैनिक उपभोग्य सामग्रीसहित आर्थिक सहयोग गरेको हो । सिपी नेपालले राप्ती गाउँपालिका–३ बसन्तपुरका सर्वेश…

आदिवासी जनजातितर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा कर्माछिरिङ शेर्पाको उम्मेदवारी

रामनगर, दाङ, २०८३ असोज २० गते अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष एवं खेल क्षेत्रका चर्चित व्यक्तित्व कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका शेर्पाले आदिवासी जनजाति क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। विद्यार्थी…

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

रामनगर, दाङ, २०८३ असोज २० गते नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले नेसनल प्याथ ल्याबलाई मेडिकल पार्टनरका रूपमा अनुबन्ध गरेको छ। सम्झौताअनुसार एनपीएलका क्रममा नेसनल प्याथ ल्याबले सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोलीका सदस्यलाई आवश्यक डायग्नोस्टिक सेवा तथा स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराउनेछ। नेसनल प्याथ ल्याबले खेलाडीको स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्दै गुणस्तरीय…

राप्तीमा मुक्त कमैया–कम्लहरीलाई वितरण गरिएका बाख्राको अनुगमन

भालुबाङ, १९ असोज। दाङको राप्ती गाउँपालिकाले मुक्त कमैया–कम्लहरी समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले वितरण गरेको माउ बाख्राको स्थलगत अनुगमन गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत मुक्त कमैया–कम्लहरी समुदायका ५० घरपरिवारलाई माउ बाख्रा वितरण गरेको थियो। बाख्रापालनमार्फत लाभग्राही परिवारको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमको प्रभावकारिता तथा बाख्राको अवस्थाबारे अनुगमन गरिएको हो।…

महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी

दाङ असोज १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा तथा निवृत्त हुने व्यवस्थामा एकरूपता कायम गर्न आवश्यक नीतिगत व्यवस्था गरिने बताउनुभएको छ । नेपाल स्वास्थ्य स्वयंसेवी संघ लुम्बिनी प्रदेश समितिले सोमबार मुख्यमन्त्री आचार्यसमक्ष सेवा सुविधा, सामाजिक सुरक्षा तथा निवृत्तसम्बन्धी विभिन्न माग र सुझाव पेस गरेको थियो । माग तथा…

२०औँ एसियाडमा नेपालका उपलब्धि : पदकभन्दा परको सफलता

खुशराज दाहाल, नागोया, जापान काठमाडौं, असोज १८ गते । २०औँ एसियाली खेलकुद जापानको आइची–नागोयामा सम्पन्न भएको छ । अक्टोबर ४ मा नागोयास्थित पालोमा मिजुहो स्टेडियममा आयोजित समापन समारोहसँगै एसियाली खेलकुदको २०औँ संस्करण सकिएको हो । समापन समारोहमा २१औँ संस्करणको आयोजक कतारलाई एसियाली ओलम्पिक परिषद्को झण्डा र मस्कट हस्तान्तरण गरिएको छ । २१औँ एसियाड सन् २०३०…

दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ–मन्त्री पोखरेल

काठमाडौं, असोज १८ गते । शिक्षा तथा खेलकुद मन्त्री एवं दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिका अध्यक्ष सस्मित पोखरेलले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै आयोजना हुने बताएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले पटक–पटक मिति सरेकाले प्रतियोगिता पुनः सर्ने हो कि भन्ने आशंका स्वाभाविक…