chautareenews

रसुवामा भोटेकोशीको भीषण बाढी : टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, उद्धार तीव्र

रसुवा, १० भदौ २०८३ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीले जिल्लाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा बजार, बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। क्षतिको पूर्ण विवरण भने अझै संकलन भइरहेको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी अत्यन्तै…

रसुवाको बाढीपछि नारायणी नदि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यकाे अपिल

दाङ २०८३, भदौ,१०, बुधबार रसुवामा आएको अचानकको बाढीका कारण त्यसको प्रभाव लुम्बिनी प्रदेशको नारायणी नदीमा समेत पर्न सक्ने भएकाले नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले अपिल गर्नुभएको छ । रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट नवलपरासी पश्चिमको सुस्ता क्षेत्रसमेत प्रभावित हुन सक्ने…

मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बलियो बनाउने मुख्यमन्त्री आचार्यको विश्वास

दाङ २०८३, भदौ,१० बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा, शान्ति र मानवकल्याणको भावना अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । मोहम्मद जयन्तीको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले उक्त विश्वास व्यक्त गर्नुभएको हो ।उहाँले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएको उल्लेख…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय

दाङ  २०८३ भदौ ९ गते, मंगलबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम…

राप्तीका सार्वजनिक चोकमा डस्टबिन, जथाभावी फोहोर फाल्न निरुत्साहित गरिँदै

तुलबहादुर कवँर मगरदाङ, ९ भदौ ।दाङको राप्ती गाउँपालिकाले बजार तथा सार्वजनिक क्षेत्रको सरसफाइलाई व्यवस्थित बनाउन पालिकाका ९ वटै वडाका सार्वजनिक चोकमा ४५ वटा फलामे डस्टबिन राखिएकाे छ। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै फोहोर व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले डस्टबिन राखिएको गाउँपालिकाले जनाएको छ। बजार क्षेत्र, मुख्य सडक तथा मानिसको बढी आवतजावत हुने सार्वजनिक…

लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले लिए शपथ

रुपन्देही । २०८३ भदौ ९ गते, मंगलबार लुम्बिनी प्रदेश सरकारका तीन जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्…

राप्तीको स्वास्थ्य सफलतामा स्वास्थ्यकर्मीको महत्वपूर्ण योगदान, अध्यक्ष विष्टद्वारा धन्यवाद ज्ञापन

तुलबहादुर कवँर मगरमसुरिया, ८ भदौ ।राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले हासिल गरेको सफलतामा स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा राप्ती गाउँपालिका दाङ जिल्लामै उत्कृष्ट घोषित भएपछि सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष विष्टले स्वास्थ्यकर्मीलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको हो। राप्ती…

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

दाङ, २०८३ भदौ ८ गते, सोमबार लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो र केबल टेलिभिजनका सक्कल फाइल प्रदेश सरकारमा हस्तान्तरण भएको छ । नेपाल सरकारको सूचना तथा प्रसारण विभागले लुम्बिनी प्रदेश सरकारको मागअनुसार १०० वाटभन्दा माथि १ हजार वाटसम्मका एफएम रेडियो तथा केबलमा आधारित टेलिभिजन प्रसारण इजाजतपत्र प्राप्त संस्थाहरूका सक्कल फाइल प्रदेश सरकारलाई उपलब्ध गराएको हो…

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

दाङ, २०८३ भदौ ८ गते, सोमबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन…

अखिल नेपाल महिला संगठन लुम्बिनीको एकता भेला सम्पन्न ,संयाेजकमा शेर्पाली चयन

दाङ, ८ भदौ ।अखिल नेपाल महिला संगठन लुम्बिनी प्रदेशको एकता भेला आइतबार दाङको भालुबाङमा सम्पन्न भएको छ। विभिन्न वाम घटकबीचको एकतापछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संगठनको प्रदेशस्तरीय एकता भेलाले पुनम शेर्पालीलाई संयोजकमा चयन गरेको छ। भेलाले सस्मति चौधरी र खुमा कुमारी बुढालाई सह–संयोजक चयन गर्दै १ सय ७५ सदस्यीय…