chautareenews

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने

दाङ भालुबाङ,१५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् । रसुवा लगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिपछि विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले मुख्यमन्त्री र मन्त्रीहरूले १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन् ।मुख्यमन्त्री…

राप्तीमा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन

तुल बहादुर कवँर मगर भालुबाङ,१५ भदौ ।दाङको राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन गरिएको छ। १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सोमबार आयोजित भेलाले गणेश आचार्यको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा प्रकाश शाही, महासचिवमा जगतप्रसाद पोख्रेल र कोषाध्यक्षमा डिलाराम पौडेल चयन हुनुभएको छ।…

रोल्पाको चवीघाटमा तीनदिने १२ भदौ मेला, स्थानीय उत्पादनदेखि सांस्कृतिक प्रस्तुतिसम्म आकर्षण

बालकृष्ण थापा क्षेत्रीरोल्पा, १३ भदौ । रोल्पाको त्रिवेणी गाउँपालिका–३ चवीघाटमा परापूर्वकालदेखि लाग्दै आएको १२ भदौ मेला यस वर्ष पनि सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादनको बिक्री–वितरणसँगै खेलकुद, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनका विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्। चवीघाट क्षेत्रमा लामो समयदेखि परम्पराका रूपमा लाग्दै आएको यस मेलामा पछिल्ला वर्षहरूमा सहभागी हुनेको संख्या…

सीप र सिर्जनशीलतालाई समाज सेवासँग जोड्नुपर्छ : अध्यक्ष विष्ट

भालुवाङ, १३ भदौ ।राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले युवाको सीप, क्षमता र सिर्जनशीलतालाई समाज सेवासँग जोड्नुपर्ने बताउनु भएकाे छ। आशाका किरण संस्थाको पाँचौँ वार्षिक साधारणसभाको शनिबार राप्ती गाउँपालिका–१, भालुवाङमा उद्घाटन गर्दै अध्यक्ष विष्टले समाज परिवर्तन र सेवामूलक कार्यलाई प्रभावकारी बनाउन सीप तथा सिर्जनशीलताको उपयोग आवश्यक रहेको बताउनु भएको हाे। अध्यक्ष विष्टले समाज सेवा आर्थिक सहयोगमा…

सुरक्षित रूपमा चाडपर्व मनाउन र विपद्प्रति सचेत रहन लुम्बिनीका मुख्यमन्त्री आचार्यको आग्रह

दाङ, २०८३ भदौ १२ लुम्बिनी प्रदेशका मुख्मन्त्री चेतनारायण आचार्यले चाडपर्वहरू संस्कृति र परम्परा मात्र नभई पर्यटन प्रवर्धन तथा स्थानीय अर्थतन्त्रको विकासका मुख्य आधार भएको बताउनुभएको छ । जनै पूर्णिमाको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले सांस्कृतिक विविधता, धार्मिक तथा ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई समृद्धिको आधारसँग जोडेर पर्यटन र स्थानीय उत्पादनको प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभएको…

भोटेकोसी बाढीपीडितका लागि गोरखा आइडियल स्कुलका शिक्षक–कर्मचारीको सहयोग

‘विपद्ले हामीलाई कमजोर होइन, अझ एकजुट बनाओस्’ दाङ, २०८३ भदौ ११ रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित परिवार तथा घाइतेहरूको उपचार र राहतका लागि गोरखा आइडियल स्कुल, लालमटिया, दाङका शिक्षक तथा कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्। बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तर्फबाट…

राप्तीमा आन्तरिक राजस्व सुदृढीकरणसम्बन्धी अनुशिक्षण कार्यशाला सम्पन्न

तुल बहादुर कवँर मगरमसुरिया, ११ भदौ ।दाङको राप्ती गाउँपालिकामा आन्तरिक राजस्व सुदृढीकरणसम्बन्धी अनुशिक्षण कार्यशाला बिहीबार सम्पन्न भएको छ। गाउँपालिकाको आन्तरिक राजस्वको अवस्था पहिचान, राजस्व प्रशासनलाई प्रभावकारी बनाउने तथा आगामी कार्ययोजना तयार गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यशालामा नीति तथा कानुनी व्यवस्था, कार्यक्रम तथा बजेट, कर तथा गैरकर…

जनता माध्यमिक विद्यालय कालाकाटेको शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी सुनार चयन

दाङ, २०८३ भदौ ११ देउखुरीको गढवा गाउँपालिका–१, कालाकाटेस्थित जनता माध्यमिक विद्यालय कालाकाटेको शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी सुनार चयन हुनुभएको छ। विद्यालयमा सम्पन्न चयन प्रक्रियाबाट सुनार अध्यक्षमा चयन हुनुभएको हो। संघको सदस्यहरूमा बिनी कुँवर, सीता बुढा, रेनु गिरी, आरती परियार, शान्ता बि.क. र शुष्मा के.सी. चयन हुनुभएको छ। त्यस्तै नेत्र खनाल र राजकुमार योगी सदस्यमा चयन…

रसुवामा भोटेकोशीको भीषण बाढी : टिमुरे–स्याफ्रुबेँसीमा ठूलो क्षति, उद्धार तीव्र

काठमाडौं , १० भदौ २०८३ रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीले टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले बस्ती, बजार, सडक, पुल, सुरक्षा निकायका संरचना तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ। बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी खोज तथा उद्धार कार्य…

रसुवामा रहेका राप्तीवासीलाई समस्या परे तत्काल खबर गर्न अध्यक्ष विष्टको आग्रह

दाङ, १० भदौ ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधनको क्षति भएपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले रसुवा क्षेत्रमा रहेका राप्तीवासीलाई सहयोग आवश्यक परे तत्काल गाउँपालिकामा खबर गर्न आग्रह गर्नुभएको छ।कामको सिलसिलामा राप्ती गाउँपालिकाबाट रसुवा पुगेका तथा बाढी प्रभावित क्षेत्रमा रहेका राप्तीवासीको अवस्थाप्रति चासो व्यक्त गर्दै अध्यक्ष विष्टले कुनै समस्या वा सहयोग आवश्यक परे…