chautareenews

तीज गीतमा यसपटक रमझम होइन, बाढी–पहिरो र ग्लोबल वार्मिङको चिन्ता

वालकृष्ण थापा क्षेत्री दाङ, भदौ १८ ।देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का घटनाले जनजीवन प्रभावित भइरहेका बेला दाङको राप्ती गाउँपालिकामा आयोजित विद्यालयस्तरीय तीज गीत तथा नृत्य प्रतियोगिताले मनोरञ्जनभन्दा वातावरण संरक्षण, प्राकृतिक विपद् र त्यसबाट जोगिने उपायबारे सचेतनामूलक सन्देश प्रवाह गरेको छ। राप्ती गाउँपालिका–अन्तर्गत दुर्गाभवानी आधारभूत विद्यालय, मसुरियामा डिभिजन वन कार्यालय लमहीको आर्थिक सहयोगमा आयोजित…

इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेटइजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट

दाङ, १८ भदौ नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा नेपाल–इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको हो । भेटमा मुख्यमन्त्री आचार्यले नेपाल र इजरायलबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै…

भोटेकोशी बाढीमा बेपत्ता राप्तीका चार नागरिक अझै भेटिएनन्, परिवारमा बढ्यो चिन्ताखोजीका लागि गाउँपालिका अध्यक्ष विष्ट प्रभावित क्षेत्रमा

तुलबहादुर कवँर मगरदाङ, १७ भदौ ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका दाङको राप्ती गाउँपालिकाका चार नागरिक अझै फेला परेका छैनन्। लामो समयसम्म आफन्तको सम्पर्कमा नआएपछि परिवारमा चिन्ता थपिँदै गएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि मजदुरीका लागि रसुवा पुगेका उनीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा राप्ती गाउँपालिका–३ बसन्तपुरका २६ वर्षीय सर्वेस…

अधुरा हुने योजनामा हात नहाल्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ भालुबाङ, १७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्न नसकिने तथा उपलब्धि दिन नसक्ने योजना कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ । उहाँले अधुरा योजना थपिँदै जाने अवस्था अन्त्य गर्दै सम्पन्न गर्न सकिने र नागरिकलाई प्रत्यक्ष उपलब्धि दिने योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको हो ।आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा…

लुम्बिनीमै पहिलोपटक राप्तीमा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग सुरु

भालुबाङ, १७ भदौ ।लुम्बिनी प्रदेशमै पहिलोपटक दाङको राप्ती गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग सुरु गरिएको छ। पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम मंगलबार राप्ती गाउँपालिकामा सम्पन्न भएको हो। जाइका नेपालको सहयोगमा सञ्चालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। गर्भावस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यसम्बन्धी विवरण व्यवस्थित…

२ हजार ७२४ रुख कटान प्रकरण : राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सडक क्षेत्रका रुख कटान गरी ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको अख्तियारको दाबी दाङ, १६ भदौ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित ९ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अध्यक्ष विष्टसहित ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको…

नारायणी नदीमा भेटिएका १७० शवमध्ये ४ जनाको सनाखत, ६८ शवको व्यवस्थापन

नवलपरासी पश्चिम २०८३ भाद्र १६ मंगलबार नारायणी नदीमा हालसम्म १७० वटा शव फेला परेका छन् । तीमध्ये ६८ शवको व्यवस्थापन भइसकेको छ भने चार शवको सनाखत भएको छ । ९८ शव अझै बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । डिएनए संकलनगरी ६८ वटा शवको सुरक्षित रुपमा जमिनमुनी व्यवस्थापन गरिएको जानकारी गराईएको छ । लुम्बिनी…

शव पहिचान र व्यवस्थापनको अवस्था बुझ्न मुख्यमन्त्री आचार्यद्वारा स्थलगत अनुगमन

बुटवल २०८३ भाद्र १६ मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन् । मुख्यमन्त्री आचार्यले मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगेर शव व्यवस्थापन तथा पहिचानको अवस्थाबारे जानकारी लिएका हुन् ।अस्पताल प्रशासनका अनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट दुई चरणमा गरी ३९ वटा…

रसुवा बाढीका विभत्स तस्वीर र भिडियो सामाजिक सञ्जालमा नराख्न लुम्बिनी प्रदेश सरकारको आग्रह

दाङ २०८३ भाद्र १६ मंगलबार लुम्बिनी प्रदेश सरकारले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको संवेदनशीलतालाई ध्यानमा राख्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विभत्स तथा हृदयविदारक प्रकृतिका तस्वीर, भिडियो लगायतका सामग्री नराख्न नागरिकलाई आग्रह गरेको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को १६ औँ बैठकले यस्तो निर्णय गरेको हो ।…

भोटेकोसी बाढीपीडितका लागि गोरखा ग्रुप दाङको १० लाख रुपैयाँभन्दा बढी सहयोग

दाङ, भदौ १५ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुटिरहेका बेला गोरखा ग्रुप, दाङले पनि बाढीपीडितका लागि १० लाख १ हजार १ सय ४७ रुपैयाँ सहयोग गरेको छ। गोरखा ग्रुप, दाङअन्तर्गत सञ्चालनमा रहेका विद्यालय, कलेज, अस्पताल तथा शिक्षक–कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार…