डीएभी, जेम्स, सैनिक र पुलिस स्कुल सेमिफाइनलमा

देउखुरी, दाङ, जेठ २४ गते आइतबार । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ अन्तरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न क्वाटरफाइनल खेलपछि डीएभी सुशील केडिया विश्व भारती स्कुल, जेम्स स्कुल, सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुल अन्तिम चारमा पुगेका हुन्। तेस्रो क्वाटरफाइनलमा जेम्स स्कुलले मोक्षदा…

दोस्रो खुला जुडो: आर्मीका प्रवीण, राजु र मोनिकालाई स्वर्ण

काठमाडौं, जेठ २३ गते। नेपाल आर्मीका प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोस्रो खुला जुडो प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन्। ३ वटा विधामा प्रतिस्पर्धा भएको प्रतियोगिताको सबै स्वर्ण आर्मीका खेलाडीले आफ्नो पोल्टामा पारेका हुन्। खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा भएको पुरुष ७३ केजीमुनि फाइनलमा प्रवीणले आयोजक एकेडेमीका सुबोध मण्डललाई पराजित…

१८ औं इन्डो–नेपाल खुला कराते: बाघ भैरव बन्यो टिम च्याम्पियन

काठमाडौं, जेठ २३ गते। नेपालको बाघ भैरव डोजोले १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि जितेको छ। ७ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै बाघ भैरव समग्रमा टिम च्याम्पियन बनेको हो। मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजको हलमा भएको प्रतियोगितामा भारत ६ स्वर्ण, ७ रजत र २३ कांस्यसहित दोस्रो स्थानमा रह्यो। तेस्रो स्थान हासिल…

राप्तीमा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ आयोजना हुने

तुलबहादुर कवँर मगरमसुरिया, २१ जेठ।दाङको राप्ती गाउँपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन, नवप्रवर्तन प्रविधिको प्रदर्शन तथा उद्यमशीलता र रोजगारीका अवसरबारे जानकारी गराउने उद्देश्यले ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ आयोजना गर्ने भएको छ। गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै प्रदर्शनीमा सहभागी भई अवलोकन तथा लाभ लिन गाउँपालिकाभित्रका कृषक, कृषि तथा पशुपालन समूह, सहकारी, उद्यमी, युवा, विद्यार्थी, पत्रकार…

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन:एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ २० जेठ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गर्नुभएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ । नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा)…

मध्यमवर्गलाई ठूलो राहत र आर्थिक सुधारको नयाँ प्रस्थान: यस्ता छन् बजेटका सकारात्मक पक्षहरू

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ। यस पटकको बजेटले सर्वसाधारण नागरिक, मध्यमवर्ग र देशको आर्थिक संरचनामा दूरगामी सकारात्मक प्रभाव पार्ने थुप्रै महत्त्वपूर्ण घोषणाहरू गरेको छ। बजेटका केही मुख्य र स्वागतयोग्य राम्रा…

गणतन्त्रको रक्षा र सुदृढीकरणमा एकताबद्ध हुन मुख्यमन्त्री आचार्यको आह्वान

देउखुरी, दाङ, बिहीबार, जेठ १५, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र…

गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारद्वारा प्रशासनिक केन्द्र परिसरमा सरसफाई

देउखुरी, दाङ, बुधबार, जेठ १४, २०८३ गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो ।…

धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध राप्तीमा सचेतनामूलक नाटक प्रदर्शन

धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध राप्तीमा सचेतनामूलक नाटक प्रदर्शन तुलबहादुर कवँर मगरमसुरिया, १३ जेठ ।दाङको राप्ती गाउँपालिकाका विभिन्न स्थानमा बुधबार धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। राप्ती गाउँपालिकाको आयोजना तथा मधुवन मिडिया इन्टरटेनमेन्टको संयाेजनमा प्रदर्शन गरिएको उक्त नाटक वडा नम्बर १ भालुबाङस्थित ग्रिनपार्क तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वडा…

प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यको सम्वोधन

देउखुरी, दाङ, बुधबार, जेठ १३, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु नै सरकारको दायित्व भएको बताउनुभएको छ ।लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई आगामी बजेटमार्फत समेटिने स्पष्ट पार्नुभएको हो ।‘सरकार अविछिन्न उत्तराधिकारी हो ।…