फिफा विश्वकप २०२६ : डीगोले ल्यायो ५४९ रुपैयाँको ‘मोबाइल–ओन्ली’ पास

देउखुरी, दाङ,  जेठ २७ गते बुधबार

फिफा विश्वकप २०२६ सुरु हुन केही दिन मात्र बाँकी रहँदा नेपालका आधिकारिक डिजिटल प्रसारण साझेदार Digo (डीगो) ले फुटबलप्रेमी दर्शकलाई लक्षित गर्दै ५४९ रुपैयाँ मूल्यको ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ।

कम्पनीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार करसहित ५४९ रुपैयाँमा उपलब्ध हुने उक्त पासमार्फत दर्शकले विश्वकपका सबै खेल मोबाइलबाट प्रत्यक्ष हेर्न सक्नेछन्।

डीगोका अनुसार प्रयोगकर्ताले आफ्नो एपमार्फत प्रतियोगिताका सबै १०४ खेल नेपाली र अंग्रेजी दुवै भाषाको कमेन्ट्रीमा प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन्। विश्वकपका सम्पूर्ण खेलहरू १०८०पी (फुल एचडी) गुणस्तरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पास खरिद र सक्रिय गर्ने प्रक्रिया पनि सहज बनाइएको छ। प्रयोगकर्ताले डीगो एपभित्र केही क्लिकमै ‘मोबाइल–ओन्ली’ पास सक्रिय गरी विश्व फुटबलको महाकुम्भको प्रत्यक्ष आनन्द लिन सक्नेछन्।

अनाधिकृत स्ट्रिमिङबाट सावधान रहन आग्रह

डीगोले विज्ञप्तिमार्फत दर्शकलाई अनाधिकृत स्ट्रिमिङ लिंक, पाइरेटेड वेबसाइट तथा नक्कली डिजिटल प्लेटफर्मबाट सावधान रहन आग्रह गरेको छ। यस्ता माध्यम प्रयोग गर्दा व्यक्तिगत विवरण, बैंकिङ जानकारी तथा डिजिटल सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने कम्पनीको भनाइ छ।

त्यसैले विश्वकप हेर्नका लागि आधिकारिक डीगो एपको प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ।

नेपालमा विशेष प्रसारण अधिकार

नेपालमा फिफा विश्वकप २०२६ का खेलहरू टेलिभिजनतर्फ Himalaya Sports हिमालय स्पोर्ट्स च्यानलमार्फत प्रसारण हुने व्यवस्था गरिएको छ।

फिफाले नेपालका लागि प्रदान गरेको विशेष प्रसारण अधिकारका कारण विदेशी टेलिभिजन च्यानल वा अन्तर्राष्ट्रिय स्ट्रिमिङ प्लेटफर्महरूले नेपालभित्र विश्वकप प्रत्यक्ष प्रसारण गर्न नपाउने व्यवस्था रहेको छ।

बिहीबार मध्यरातिबाट विश्वकपको महाअभियान

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता बिहीबार मध्यरातिबाट सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजकमध्ये एक Mexico मेक्सिकोले South Africa दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।

४८ टोली, १०४ खेल र करिब एक महिनासम्म चल्ने प्रतियोगिताले विश्वभरका करोडौं फुटबल समर्थकलाई रोमाञ्चित बनाउने अपेक्षा गरिएको छ। नेपालमा पनि दर्शकहरूले अब मोबाइलमै ५४९ रुपैयाँको पासमार्फत सम्पूर्ण विश्वकप हेर्न सक्ने भएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ