मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार, कार्यान्वयनमुखी बजेट बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन
३० बैशाख दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढाइएको बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको हो ।उहाँले असार १५ देखि २० गतेभित्र मन्त्रालय मातहतका…


