१९ टिम सहभागीसहित सेभेन–ए–साइड प्रतियोगिता सुरु

काठमाण्डौ, २०८३ वैशाख १९ गते वडा ७ को आयोजनामा सुरु भएको सेभेन–ए–साइड नकआउट प्रतियोगिता एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले गरेका हुन्। प्रतियोगितामा कुल १९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताले स्थानीय खेलप्रेमीहरूबीच उत्साह थपेको छ। प्रतियोगिताअन्तर्गत विजेता टिमले ३० हजार रुपैयाँ…

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

काठमाण्डौ, २०८३ वैशाख १९ गते दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सतर्फ नेपाल प्रहरीकी नविता श्रेष्ठ, एभीएमकी वियंका राई, एभीएमकी इभाना थापा र भिजन टेबलटेनिस एकेडेमीकी योङगी पौडेल सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न क्वाटरफाइनल खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै चारै खेलाडीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। नविता…

ए स्टार नेपाल बास्केटबल लिगमा रोमाञ्चक प्रतिस्पर्धा जारी, हिजोका खेलमा डीबीएससहित प्रमुख टिमको जित

२०८३ वैशाख १९ गते बेलायतमा जारी ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ अन्तर्गत हिजो सम्पन्न खेलहरू अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका छन्। एल्डरशट र लन्डनमा सञ्चालन भइरहेको प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थितिका बीच टिमहरूबीच कडा प्रतिस्पर्धा देखिएको हो। हिजो सम्पन्न खेलमध्ये सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामा डीबीएसले ग्रीनफोर्ड नाइट्सलाई ८४–८२ को झिनो अन्तरले पराजित गर्दै महत्वपूर्ण जित…

प्रणव–आयुशमानको जोडी पुरुष डबल्समा विजेता

काठमाडौँ, वैशाख २० (शनिबार) — १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष डबल्सतर्फ प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी विजेता बनेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा सम्पन्न फाइनलमा प्रणव–आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६ र ६–३ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। भेट्रान ३५ वर्षमाथि पुरुष…

तिलिचो तालमा आयोजित रेस्लिङ ‘वल्र्ड बुक अफ रेकर्ड’मा समावेश

काठमाडौं, बैशाख १८ गते —नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङस्थित तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याच ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’मा समावेश भएको छ। समुद्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित विश्वकै अग्ला तालमध्ये एक तिलिचोमा आयोजना गरिएको रेस्लिङ प्रतियोगितालाई उच्च उचाइमा सम्पन्न खेलकुद गतिविधिका रूपमा रेकर्डमा समावेश गरिएको हो। गत नोभेम्बर २६…

१२औं सिटिजन्स बैंक खुला टेनिस: महिला सिंगल्समा शिभाली र स्वस्तिका फाइनलमा

काठमाडौं, बैशाख १८ गते —१२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सतर्फ शिभाली गुरुङ र स्वस्तिका विष्ट फाइनलमा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक पुगेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको खेलमा शिभालीले प्राज्ना मानन्धरलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरिन्। यस्तै,…

चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल आजदेखि हुँदै

काठमाडौं, बैशाख १८ गते काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजनामा हुने चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता आजदेखि चावहिलस्थित चन्द्रविनायक पार्क मैदानमा हुँदैछ। चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा १९ टोलीको सहभागिता सुनिश्चित भएको आयोजक तथा वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले जानकारी दिएका छन्। सेभेन–ए–साइड स्वरूपमा सञ्चालन हुने नकआउट…

चाँगुनारायण राष्ट्रिय ट्रेल रन बैशाख १९ मा: ३६ किमि मुख्य आकर्षण, २५० बढी खेलाडी सहभागि

काठमाडौं, बैशाख १७नेपाल एड्भेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा चाँगुनारायण राष्ट्रिय ट्रेल रन आगामी बैशाख १९ गते शनिबार आयोजना हुने भएको छ। राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले साहसिक तथा पर्यटकीय खेलको रूपमा एड्भेन्चर रनिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले…

१२औं सिटिजन्स बैंक खुला टेनिस: प्रदीप र आयुशमान सेमिफाइनलमा

काठमाडौं, बैशाख १७१२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सतर्फ प्रदीप खड्का र आयुशमान हजुर घले सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार सम्पन्न क्वार्टरफाइनलमा प्रदीपले सक्षमविक्रम शाहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए। आयुशमानले भने निहालजंगबहादुर थापाविरुद्ध प्रतिस्पर्धात्मक खेलमा ६–३, ४–६ र ६–३ को सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय…

एसियाली बिच खेलकुदमा कांस्य जितेको कबड्डी टोलीको भव्य स्वागत

काठमाडौं, बैशाख १६छैटौं एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जितेको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको भव्य स्वागत गरिएको छ। टोलीलाई युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा परिवारजनले स्वागत गरेका थिए। चीनको सान्यामा अप्रिल २३ देखि २७…