राप्तीमा सरसफाइ रनिङ्ग शिल्ड कार्यविधि संशोधनबारे छलफल

भालुबाङ, २१ असोज ।दाङको राप्ती गाउँपालिकामा सरसफाइ रनिङ्ग शिल्ड कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ रनिङ्ग शिल्ड निर्देशक समितिको बैठक सम्पन्न भएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा बुधबार सम्पन्न बैठकमा सरसफाइ रनिङ्ग शिल्ड कार्यविधि, २०८२ संशोधन, मूल्यांकन प्रणाली तथा कार्यक्रमलाई प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको हो। बैठकमा कार्यवाहक अध्यक्ष चौधरीले सरसफाइ…

रोटरी क्लब अफ राप्ती र राप्ती गाउँपालिकाको साझेदारीमा १८ वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग

रामनगर, दाङ २०८३ असोज २१ गते रोटरी क्लब अफ राप्तीले राप्ती गाउँपालिकासँगको साझेदारीमा सामाजिक सेवा कार्यक्रमअन्तर्गत गाउँपालिकाका वृद्धवृद्धा, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ। कार्यक्रमअन्तर्गत राप्ती गाउँपालिकाका वडा नं. १ देखि ९ सम्म प्रत्येक वडाबाट दुई–दुई जना गरी १८ जना वृद्धवृद्धा, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयरसहितका सहयोग सामग्री उपलब्ध गराउने…

राप्तीका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान

मसुरिया, २१ असोज।दाङको राप्ती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। बुधबार गाउँ कार्यपालिकाको कार्यालयले शिक्षा नियमावली २०५९ (दशौं संशोधनसहित) को नियम ९३ काे उपनियम -२ तथा गाउँ शिक्षा समितिको निर्णयअनुसार प्रधानाध्यापक छनोट तथा नियुक्तिका लागि सूचना जारी गरेको हो। पालिकाभित्रका २६ वटा सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदका लागि सम्बन्धित विद्यालयको सोही…

भोटेकोशी बाढीमा बेपत्ताका परिवारलाई सिपी नेपालको सहयोग

भालुबाङ, २० असोज ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका परिवारलाई क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपी नेपाल)ले राहत तथा शैक्षिक सहयोग गरेको छ । राप्ती गाउँपालिकाको समन्वयमा बाढीका कारण आफन्त गुमाएका तथा परिवारका सदस्य बेपत्ता भएपछि कठिन परिस्थितिमा रहेका परिवारलाई संस्थाले दैनिक उपभोग्य सामग्रीसहित आर्थिक सहयोग गरेको हो । सिपी नेपालले राप्ती गाउँपालिका–३ बसन्तपुरका सर्वेश…

राप्तीमा मुक्त कमैया–कम्लहरीलाई वितरण गरिएका बाख्राको अनुगमन

भालुबाङ, १९ असोज। दाङको राप्ती गाउँपालिकाले मुक्त कमैया–कम्लहरी समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले वितरण गरेको माउ बाख्राको स्थलगत अनुगमन गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत मुक्त कमैया–कम्लहरी समुदायका ५० घरपरिवारलाई माउ बाख्रा वितरण गरेको थियो। बाख्रापालनमार्फत लाभग्राही परिवारको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमको प्रभावकारिता तथा बाख्राको अवस्थाबारे अनुगमन गरिएको हो।…

महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी

दाङ असोज १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा तथा निवृत्त हुने व्यवस्थामा एकरूपता कायम गर्न आवश्यक नीतिगत व्यवस्था गरिने बताउनुभएको छ । नेपाल स्वास्थ्य स्वयंसेवी संघ लुम्बिनी प्रदेश समितिले सोमबार मुख्यमन्त्री आचार्यसमक्ष सेवा सुविधा, सामाजिक सुरक्षा तथा निवृत्तसम्बन्धी विभिन्न माग र सुझाव पेस गरेको थियो । माग तथा…

भोलि लमहीका विभिन्न क्षेत्रमा ५ घण्टा विद्युत् लाइन अवरुद्ध हुने

लमही, दाङ, २०८३ असोज १८ नेपाल विद्युत् प्राधिकरण, लमही वितरण केन्द्रले भोलि मिति २०८३ असोज १८ गते लमही क्षेत्रका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जनाएको छ। लमही सबस्टेसनबाट वितरित ११ केभी मौरिघाट र भालुबाङ दुवै फिडरअन्तर्गत विद्युत् लाइन वरिपरि रहेका लहरा तथा हाँगा–बिँगा काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो। प्राधिकरणका…

जनप्रिय सामुदायिक वनको २५औँ वार्षिक साधारणसभा सम्पन्न

कालाकाटे दाङ, २०८३ असोज १७ गते गढवा गाउँपालिका–१, कालाकाटेमा रहेको जनप्रिय सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हुमादेवी बुढाथोकीको अध्यक्षता तथा गढवा गाउँपालिका–१ का वडा सदस्य डम्बरबहादुर योगीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा कालाकाटे सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत यमप्रसाद गैरे, जिल्ला वन महासंघका सदस्य चन्द्र…

कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने

दाङ २०८३ असोज १७ लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभएको छ । उहाँले कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले…

राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत मल्लाहलाई स्वागत

मसुरिया, १६ असोज।दाङको राप्ती गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहलाई स्वागत गरिएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले शुक्रबार मल्लाहलाई फूलमालासहित स्वागत गर्नुभएको हो। स्वागतका क्रममा कार्यवाहक अध्यक्ष चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जनताको अपेक्षाअनुसार विकास निर्माण, सुशासन…