राप्ती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
तुलबहादुर कवँर मगरमसुरिया, १६ जेठ ।दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि शनिबार एक कार्यक्रमका बीच औपचारिक रूपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो। कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयाेजक एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्ण…


