राप्तीले गरिदियो मजदुरको निःशुल्क दुर्घटना बीमा

मसुरिया, ४ साउन। दाङको राप्ती गाउँपालिकाले मजदुरको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले ३ सय २७ जना मजदुरहरुकाे बीमा गरिदिएको हो । बीमा कार्यक्रममा आबद्ध हुन गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो । प्राप्त आवेदनका आधारमा मजदुरलाई बीमा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत वर्षदेखि नै मजदुरको दुर्घटना…

सीमित स्रोतबीच जनमुखी बजेट ल्याएका छौं, सुझावलाई आत्मसात् गर्दै प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन्छौं : मुख्यमन्त्री आचार्य

दाङ २०८३ असार २४, बुधबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताको जीवनस्तर उकास्ने, युवालाई रोजगारीसँग जोड्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याएको स्पष्ट पार्नुभएको छ । प्रदेश सभाबाट प्राप्त रचनात्मक सुझावलाई आत्मसात् गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ ।लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको १७ औं…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय

दाङ २०८३ असार २४, बुधबार, लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । स्थानीय तहका…

वन ऐनले विकासमा बाधा पुर्याउनु हुँदैन : अध्यक्ष विष्ट

मसुरिया, २३ असार ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वन ऐन तथा वनसम्बन्धी कानुनी व्यवस्थाले विकास निर्माणका कार्यमा बाधा पुग्न नहुने बताउनुभएको छ। दाङको राप्ती गाउँपालिकामा मंगलबार आयोजित सव डिभिजन वन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवालाबीचको समन्वय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले वन संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय तहले सञ्चालन…

लुम्बिनी प्रदेश सरकारको अनुकरणीय कार्य:अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी

अर्घाखाँची  २०८३ असार २३, मङ्गलबार। लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी थालेको छ । सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम तीव्र गतिमा अघि बढिरहेका छन् । सेवा सुरु भएपछि जिल्लाका एक सयभन्दा बढी मृगौला रोगीले आफ्नै जिल्लाबाट नियमित डायलासिस सेवा प्राप्त गर्नेछन् । अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीका…

लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने

दाङ २०८३ असार २३, मङ्गलबार, लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत पन्ध्रौं बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत छलफललाई निरन्तरता दिइनेछ । बैठकको सुरुमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय तथा मुख्यमन्त्री…

लुम्बिनी प्रदेश सभामा आज चार मन्त्रालयको बजेटमाथि छलफल हुदै

दाङ २०८३ असार २२, सोमबार, लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज सोमबार बस्ने तेह्रौं बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि समूहगत छलफल हुने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बिहान ८ बजे सुरु हुने बैठकका लागि सभामुख तुलाराम घर्तीमगरले ३ घण्टाको समय निर्धारण गर्नुभएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी…

राप्तीमा १५ दिने योग प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

मसुरिया, २१ असार ।दाङको राप्ती गाउँपालिकामा १५ दिने योग प्रशिक्षक प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ।राप्ती गाउँपालिकाको आयोजना, नागरिक आरोग्य सेवा केन्द्रको सहजीकरण तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिको समन्वयमा गाउँपालिकाको सभा हल मसुरियामा तालिम सञ्चालन गरिएको थियो। तालिम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिका अध्यक्ष एवं…

स्वास्थ्यकर्मीहरूका लागि समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण

मसुरिया, २० असार ।दाङको राप्ती गाउँपालिकामा स्वास्थ्यकर्मीहरूका लागि समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको कार्यालय मसुरियामा सम्पन्न कार्यक्रममा पालिकाभित्र रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले समुदायमा आधारित रोग निगरानीको अवधारणा, रोगको प्रारम्भिक पहिचान, सूचना संकलन,…

एकैसाथ ४२ उपसचिवको सरुवा, केही जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर

काठमाडौं, २० असार । सरकारले एकैपटक ४२ जना उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार शुक्रबार भएको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत ४२ जना उपसचिवको सरुवा गरिएको हो। यससँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको पनि सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ। सरुवासम्बन्धी विस्तृत नामावली गृह मन्त्रालयले सार्वजनिक गरेको छ। हेर्नुस् सूची…