रसुवाको बाढीपछि नारायणी नदि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यकाे अपिल

दाङ २०८३, भदौ,१०, बुधबार रसुवामा आएको अचानकको बाढीका कारण त्यसको प्रभाव लुम्बिनी प्रदेशको नारायणी नदीमा समेत पर्न सक्ने भएकाले नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले अपिल गर्नुभएको छ । रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट नवलपरासी पश्चिमको सुस्ता क्षेत्रसमेत प्रभावित हुन सक्ने…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय

दाङ  २०८३ भदौ ९ गते, मंगलबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम…

राप्तीका सार्वजनिक चोकमा डस्टबिन, जथाभावी फोहोर फाल्न निरुत्साहित गरिँदै

तुलबहादुर कवँर मगरदाङ, ९ भदौ ।दाङको राप्ती गाउँपालिकाले बजार तथा सार्वजनिक क्षेत्रको सरसफाइलाई व्यवस्थित बनाउन पालिकाका ९ वटै वडाका सार्वजनिक चोकमा ४५ वटा फलामे डस्टबिन राखिएकाे छ। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै फोहोर व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले डस्टबिन राखिएको गाउँपालिकाले जनाएको छ। बजार क्षेत्र, मुख्य सडक तथा मानिसको बढी आवतजावत हुने सार्वजनिक…

लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले लिए शपथ

रुपन्देही । २०८३ भदौ ९ गते, मंगलबार लुम्बिनी प्रदेश सरकारका तीन जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्…

राप्तीको स्वास्थ्य सफलतामा स्वास्थ्यकर्मीको महत्वपूर्ण योगदान, अध्यक्ष विष्टद्वारा धन्यवाद ज्ञापन

तुलबहादुर कवँर मगरमसुरिया, ८ भदौ ।राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले हासिल गरेको सफलतामा स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा राप्ती गाउँपालिका दाङ जिल्लामै उत्कृष्ट घोषित भएपछि सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष विष्टले स्वास्थ्यकर्मीलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको हो। राप्ती…

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

दाङ, २०८३ भदौ ८ गते, सोमबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन…

अखिल नेपाल महिला संगठन लुम्बिनीको एकता भेला सम्पन्न ,संयाेजकमा शेर्पाली चयन

दाङ, ८ भदौ ।अखिल नेपाल महिला संगठन लुम्बिनी प्रदेशको एकता भेला आइतबार दाङको भालुबाङमा सम्पन्न भएको छ। विभिन्न वाम घटकबीचको एकतापछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संगठनको प्रदेशस्तरीय एकता भेलाले पुनम शेर्पालीलाई संयोजकमा चयन गरेको छ। भेलाले सस्मति चौधरी र खुमा कुमारी बुढालाई सह–संयोजक चयन गर्दै १ सय ७५ सदस्यीय…

स्वास्थ्य क्षेत्रमा राप्ती जिल्लामै उत्कृष्ट, ‘यो सफलता राप्तीवासीको हो’ : अध्यक्ष विष्ट

तुलबहादुर कवँर मगरदाङ, ६ भदौ ।स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेकाे आधारमा दाङका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम भएको छ। राप्ती गाउँपालिकालाई आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा जिल्लामै उत्कृष्ट घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय दाङको वार्षिक समीक्षा कार्यक्रममा राप्ती गाउँपालिकालाई प्रथम घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको हो। दंगिशरण गाउँपालिका दोस्रो, गढवा गाउँपालिका तेस्रो…

राप्तीमा स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय समीक्षा, उत्कृष्ट तीन स्वास्थ्य संस्था सम्मानित

मसुरिया, ३ भदौ ।दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय वार्षिक समीक्षा सम्पन्न गरेको छ। मंगलबार गाउँपालिकाको सभाहल मसुरियामा स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह, उपलब्धि तथा सुधार गर्नुपर्ने पक्षबारे समीक्षा गरिएको हो। सो अवसरमा उत्कृष्ट सेवा प्रदान गर्ने तीन स्वास्थ्य संस्थालाई सम्मान…

यातायात ऐनका प्रावधान सच्याउन मजदुर संगठनको माग

दाङ, २०८३ भदौ २ गते, मंगलबार। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ का प्रावधान यातायात श्रमिक, स्वरोजगार, व्यवसायी तथा आम उपभोक्ताको हितमा हुने गरी संशोधन गर्न सरकारसँग माग गरेको छ । संगठनले तीन महले संशोधन प्रस्तावसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्रस्तावित ऐनका…