समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य
अर्घाखाँची १५ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभएको छ ।जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहिवार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको बताउनुभयो । उहाँले सरकारका कामको मूल्यांकन परिणामका आधारमा गर्नुपर्ने उल्लेख गर्दै जनताले अब विकासको प्रतिफल…


