रसुवा बाढीका विभत्स तस्वीर र भिडियो सामाजिक सञ्जालमा नराख्न लुम्बिनी प्रदेश सरकारको आग्रह
दाङ २०८३ भाद्र १६ मंगलबार लुम्बिनी प्रदेश सरकारले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको संवेदनशीलतालाई ध्यानमा राख्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विभत्स तथा हृदयविदारक प्रकृतिका तस्वीर, भिडियो लगायतका सामग्री नराख्न नागरिकलाई आग्रह गरेको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को १६ औँ बैठकले यस्तो निर्णय गरेको हो ।…


