संघीय सरकारको रवैयाले विपन्न नागरिक विस्थापनको जोखिम बढ्यो : मुख्यमन्त्री आचार्य

२०८३ साल बैशाख २९ गते बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले संघीय सरकारको रवैयाका कारण विपन्न नागरिक विस्थापन हुनुपर्ने परिस्थिति निर्माण भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । मधुवन नगरपालिकामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका अगुवासँग मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखाइरहेको आरोप लगाउनुभयो ।…

एसईई २०८२ को नतिजा सार्वजनिक : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

अघिल्लो वर्षभन्दा ४.१७ प्रतिशत सुधार, २९ दिनमै प्रकाशित गरियो नतिजा काठमाडौं, वैशाख २८, २०८३ ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार सार्वजनिक गरेको छ । यस वर्ष कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा सचिव चूडामणि पौडेलले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा यसपटक ४.१७ प्रतिशतले…

मिडियालाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोज्यो : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले फागुन २१ पछि सरकारको मिडिया, न्यायालय, जनसंगठन र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण नराम्रो…

राप्ती गाउँपालिकामा नवदीक्षित स्काउट मास्टरलाई एकदिने अभिमुखीकरण

मसुरिया, २७ वैशाख ।दाङको राप्ती गाउँपालिकामा ४६३औँ स्काउट तालिममा दीक्षित नवदीक्षित स्काउट मास्टरहरूलाई लक्षित गरी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यालयस्तरमा स्काउट अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तरिका, स्काउट समिति गठन, समूह विभाजन, स्काउट नियमावली तथा ऐन, पोसाक र ब्याच निर्देशिका, वार्षिक कार्ययोजना निर्माण लगायतका विषयमा जानकारी प्रदान गरिएको प्रमुख आयुक्त छबिलाल कडेलले जानकारी…

राप्तीमा सर्प उद्धार तथा पुनःस्थापनासम्बन्धी तालिम सम्पन्न

मसुरिया, २४ बैशाख ।दाङको राप्ती गाउँपालिकाले विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम सञ्चालन गरेको छ। बिहीबार आयोजित तालिममा विषालु तथा अविषालु सर्पको पहिचान, सर्पको टोकाइबाट बच्ने उपाय, उद्धार प्रक्रिया तथा पुनःस्थापनाका विषयमा जानकारी गराइएको थियो। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जैविक विविधताको संरक्षण तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकार सुनिश्चित…

राप्तीमा सर्प उद्धार तथा पुनःस्थापनासम्बन्धी तालिम सम्पन्न

मसुरिया, २४ बैशाख ।दाङको राप्ती गाउँपालिकाले विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम सञ्चालन गरेको छ। बिहीबार आयोजित तालिममा विषालु तथा अविषालु सर्पको पहिचान, सर्पको टोकाइबाट बच्ने उपाय, उद्धार प्रक्रिया तथा पुनःस्थापनाका विषयमा जानकारी गराइएको थियो। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जैविक विविधताको संरक्षण तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकार सुनिश्चित…

रोटरी क्लब अफ दाङद्वारा राप्ती आधारभूत अस्पताललाई २३ लाख बराबरको ल्याब उपकरण सहयोग

सिसहनियाँ, २४ बैशाख । दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीलाई रोटरी क्लब अफ दाङले करिब २३ लाख रुपैयाँ बराबरका हस्पिटल ल्याब उपकरण हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष रोशन दाहालले बिहीबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्ट र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एमडिजिपी डाक्टर सुशील केसी लाई उक्त उपकरण हस्तान्तरण…

प्रदेश मन्त्रिपरिषद्का निर्णय : सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतसम्म

दाङ २०८३ वैशाख २४। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार सम्पन्न बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी म न्त्रालयको सचिवको जिम्मेवारी…

प्राकृतिक चिकित्साको विकास र विस्तारमा जोड दिन मुख्यमन्त्री आचार्यको आग्रह

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग तथा प्राकृतिक चिकित्सालाई मुख्यधारको चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका महाप्रबन्धक तथा संकल्पकर्ता हरि सापकोटा सहितको टोलीसँगको भेटमा मुख्यमन्त्री आचार्यले यस्तो धारणा व्यक्त गर्नुभएको हो । भेटका क्रममा दुवै पक्ष यसै विधिबाट नयाँ जीवन पाउन सफल व्यक्तिहरू भएकाले यसको विकास…

विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता ; मुख्यमन्त्री आचार्य

रुपन्देही, २०८३ बैशाख २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।सिद्धार्थनगर नगरपालिका–२ रुपन्देही स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई मंगलवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक…