जनप्रिय सामुदायिक वनको २५औँ वार्षिक साधारणसभा सम्पन्न
कालाकाटे दाङ, २०८३ असोज १७ गते
गढवा गाउँपालिका–१, कालाकाटेमा रहेको जनप्रिय सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
समूहका अध्यक्ष हुमादेवी बुढाथोकीको अध्यक्षता तथा गढवा गाउँपालिका–१ का वडा सदस्य डम्बरबहादुर योगीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रममा कालाकाटे सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत यमप्रसाद गैरे, जिल्ला वन महासंघका सदस्य चन्द्र पुरी र स्थानीय वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
साधारणसभामा प्रमुख अतिथि योगीसहित सहायक वन अधिकृत गैरे, जिल्ला वन महासंघका सदस्य पुरी र स्थानीय वन महासंघका अध्यक्ष शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सभामा समूहका पूर्वअध्यक्षहरू ढकबहादुर महतरा र ओमबहादुर मगर, लेखा संयोजक भानु जीएम, लेखा सदस्य राजन पोखरेल लगायतको उपस्थिति रहेको थियो।
साधारणसभाले कोषाध्यक्ष राजकुमार योगीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, सचिव हरिप्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको अनुमानित आय–व्यय विवरण छलफलपछि पारित गरेको छ।
सामुदायिक वनको सभाहलमा सम्पन्न कार्यक्रममा लेखा सदस्य राजन पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव हरिप्रसाद सुवेदीले गर्नुभएको थियो।



