संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोजिनुपर्छः मुख्यमन्त्री आचार्य

दाङ ३ असोज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताउनुभएको…

प्यूठानमा गौमुखी आधारभूत अस्पताल सञ्चालनमा, मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

प्यूठान २०८३ असोज २, शुक्रबार, प्यूठानको गौमुखी गाउँपालिकामा १५ शैयाको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ । १९ करोड ३ लाख ४५ हजार पाँच सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा समेत सुरु भएको छ । अस्पताल सञ्चालनमा आएपछि गौमुखी गाउँपालिकाका नागरिकले…

प्रदेश र स्थानीय तहको अधिकार पूर्ण प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण

दाङ २०८३ असोज २, शुक्रबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा शुक्रबार आयोजित सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय तहले संविधानबाट प्राप्त गर्नुपर्ने सबै अधिकार अझै पूर्णरूपमा प्रत्यायोजन नभएको…

मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा मुख्यमन्त्री आचार्यलाई वार्षिक प्रतिवेदन हस्तान्तरण

दाङ २०८३ असोज १, बिहिबार, लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष हस्तान्तरण गर्नुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा बिहीबार मुख्य न्यायाधिवक्ता खनालले कार्यालयको वार्षिक कार्यसम्पादन, मुद्दा मामिला, कानुनी राय तथा परामर्शलगायतका विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।नेपालको संविधानको धारा १६०…

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ २०८३ भदौ ३१, बुधबार, लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हाल्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिव पदमा बढुवा हुनुभएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नुभएको हो । जिम्मेवारी सम्हालेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिव तथा कर्मचारीहरूसँग परिचयात्मक कार्यक्रम गरिएको थियो ।…

मुख्यमन्त्री आचार्यद्वारा तीजलाई नारी सम्मान र सामाजिक रुपान्तरणको अवसर बनाउन आग्रह

दाङ  २०८३ भदौ २९, गते ,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीजलाई नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको सन्देश फैलाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ ।हरितालिका तीजको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनुभएको छ…

बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

दाङ, २०८३ भदौ २८ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्का अट्वारी पर्वले थारू समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।बर्का अट्वारी पर्वको अवसरमा आतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको मौलिक संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको बर्का अट्वारी महत्वपूर्ण सांस्कृतिक…

लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीको बिदाइ, प्रशासनिक सुधारमा खेलेको भूमिकाको प्रशंसा

दाङ, २०८३, भदौ २६, शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको निर्वाचन आयोगमा सरुवा भएपछि प्रदेश सरकारले उहाँको बिदाइ गरेको छ । गत मंसिर १ गते लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नुभएका काप्रीले ९ महिना २६ दिन प्रदेशको प्रशासनिक नेतृत्व गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकःअधुरा आयोजना अध्ययन गर्न समिति गठन, राजस्व समन्वय समिति पनि बनाइयो

दाङ, भदौ २५ गते । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपुरा आयोजनाको अध्ययन गरी विवरण संकलन गर्न समिति गठन गरेको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको संयोजकत्वमा अधुरा तथा अपुरा आयोजनाको अध्ययन तथा विवरण संकलन समिति गठन गर्ने निर्णय गरेको हो ।भौतिक…

राप्ती गाउँपालिकाद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

भालुबाङ, २५ भदौ ।दाङको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घरमै पुगेर भत्ता नवीकरण गर्न थालेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले गाउँपालिकाले सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था मिलाएको हो । गाउँपालिकाको विकट पहाडी…