देउखुरीको गोपीनालामा भारतीय कार दुर्घटना, चालकसहित चार जना घाइते

भालुवाङ, १७ साउन — दाङको देउखुरीस्थित राप्ती गाउँपालिका–४ गोपीनालामा आइतबार दिउँसो भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकसहित चार जना भारतीय नागरिक घाइते भएका छन्। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दिउँसो करिब १:१० बजे भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट करिब पाँच फिट तल…

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ , २०८३ साउन १६, शनिबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न सबै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ । सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन पनि उहाँले निर्देशन दिनुभएको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शनिबार…

राप्तीका विपन्न किसानलाई फलफूलका बिरुवा, घरबगैंचामार्फत पोषण र आम्दानी बढाउने लक्ष्य

तुलबहादुर कवँर मगरमसुरिया, १५ साउन।दाङको राप्ती गाउँपालिकामा १ सय ४५ विपन्न किसानलाई घरबगैंचा स्थापना गर्न फलफूलका बिरुवा वितरण गरिएको छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकासँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित ‘एकीकृत सामुदायिक विकास परियोजना’ अन्तर्गत किसानलाई बिरुवा वितरण हो। परियोजनाको ‘खाद्य तथा पोषण सुरक्षा’ कार्यक्रमअन्तर्गत किसानको आवश्यकता अनुसार आँप, लिची, कागती,…

राप्तीमा सार्वजनिक सुनुवाइ : विकास, बजेट र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

तुलबहादुर कँवर मगरमसुरिया, १४ साउन ।दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिकसम्म भएका विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको छ। बिहीबार गाउँपालिकाको सभाहल, मसुरियामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, प्रशासनिक सेवा तथा…

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

दाङ २०८३ साउन १४, बिहिबार, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो ।स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल,…

राप्तीमा न्यायिक समितिले एक वर्षमा ४५ विवाद टुंग्यायो, जग्गा साँधका उजुरी सबैभन्दा धेरै

तुलबहादुर कवँर मगरभालुबाङ, १३ साउन।राप्ती गाउँपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ४८ विवादमध्ये ४५ वटा मेलमिलापमार्फत निरुपण गरेको छ। गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कमलापति चौधरीका अनुसार अधिकांश विवाद ३५ दिनभित्रै निरुपण गरी कार्यान्वयनमा ल्याइएको छ भने ३ वटा विवाद अझै प्रक्रियामै रहेका छन्। समितिमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै जग्गा…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम

दाङ, देउखुरी,  २०८३ साउन १३, बुधबार लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो । यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई…

राप्तीले गरिदियो मजदुरको निःशुल्क दुर्घटना बीमा

मसुरिया, ४ साउन। दाङको राप्ती गाउँपालिकाले मजदुरको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले ३ सय २७ जना मजदुरहरुकाे बीमा गरिदिएको हो । बीमा कार्यक्रममा आबद्ध हुन गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो । प्राप्त आवेदनका आधारमा मजदुरलाई बीमा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत वर्षदेखि नै मजदुरको दुर्घटना…

सीमित स्रोतबीच जनमुखी बजेट ल्याएका छौं, सुझावलाई आत्मसात् गर्दै प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन्छौं : मुख्यमन्त्री आचार्य

दाङ २०८३ असार २४, बुधबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताको जीवनस्तर उकास्ने, युवालाई रोजगारीसँग जोड्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याएको स्पष्ट पार्नुभएको छ । प्रदेश सभाबाट प्राप्त रचनात्मक सुझावलाई आत्मसात् गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ ।लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको १७ औं…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय

दाङ २०८३ असार २४, बुधबार, लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । स्थानीय तहका…