राप्ती गाउँपालिकाद्वारा मुक्त कमैया कम्लहरीको आयआर्जन वृद्धि गर्न बाख्रा वितरण

मसुरिया, १६ असार ।दाङको राप्ती गाउँपालिकाले कमैया कम्लहरी समुदायको जीविकोपार्जन सुधार तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले ५० घरपरिवारलाई माउ बाख्रा वितरण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित ‘मुक्त कमैया–कम्लहरी आय वृद्धि तथा सीप विकास कार्यक्रम’ मार्फत मंगलबार ५० जना लाभग्राहीलाई प्रति परिवार एक वटाका दरले माउ बाख्रा वितरण गरिएको हो। कार्यक्रमअन्तर्गत…

राप्तीमा पालिकास्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न

तुलबहादुर कँवर मगरमसुरिया, १६ असार ।दाङको राप्ती गाउँपालिकामा पालिकास्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न प्रतियोगितामा दुई वर्ष उमेर समूहका बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिएको थियो। प्रतियोगितामा वडा नम्बर २ का रिदम कुमाल प्रथम, वडा नम्बर ५ की बिबिसा केसी द्वितीय र वडा नम्बर ३ की…

राप्ती गाउँपालिकालाई जीईडीएसआई नीति हस्तान्तरण

तुलबहादुर कवँर मगरमसुरिया, १६ असार।दाङको राप्ती गाउँपालिकालाई लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (जीईडीएसआई) नीति, २०८३ हस्तान्तरण गरिएको छ। राप्ती गाउँपालिकाको सभाहलमा सोमबार आयोजित एक कार्यक्रमबीच मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलवस्तुका कार्यक्रम संयोजक रिखिराम हरिजन र संजय कुमार पासीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट तथा उपाध्यक्ष कमलापति चौधरीलाई उक्त नीतिको अन्तिम मस्यौदा हस्तान्तरण गर्नुभएको…

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

देउखुरी, दाङ,  २०८३ असार १५ गते सोमबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा शुभकामना जारी गर्दै मुख्यमन्त्री आचार्यले ‘जलवायूमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्दै…

राप्ती–४ मा दुना–टपरी उत्पादन सम्बन्धी सिप विकास तालिम सम्पन्न

तुलबहादुर कवँर मगरमसुरिया, १२ असार ।दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरखुट्टीमा सञ्चालन गरिएको दुना–टपरी उत्पादन सम्बन्धी सिप विकास तालिम बिहीबार सम्पन्न भएको छ। स्थानीय महिलाहरूलाई स्वरोजगारमुखी सीप प्रदान गरी आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा स्वराेजगार महिला समूहका १५ जना महिलाहरूको सहभागिता रहेको थियो। पाँच दिनसम्म सञ्चालन भएको तालिममा…

राप्ती–४ मा असार १३ गते एकीकृत घुम्ती शिविर सञ्चालन हुने

मसुरिया, १० असार ।दाङको राप्ती गाउँपालिकाले नागरिकलाई घरदैलोमै सहज, प्रभावकारी तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले वडा नम्बर ४ मा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत आगामी असार १३ गते शनिबार राप्ती–४ स्थित श्री जनज्योति आधारभूत विद्यालय, नयाँगाउँमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म शिविर सञ्चालन गरिने भएको…

राप्तीमा ‘संरक्षण’ परियोजनाको सामाजिक परीक्षण सम्पन्न

मसुरिया, ४ असार ।दाङको राप्ती गाउँपालिकामा सञ्चालित ‘संरक्षण’ परियोजनाको सामाजिक परीक्षण बिहीबार मसुरियामा सम्पन्न भएको छ। मधेश मानव अधिकार गृह (माहुरी होम), कपिलवस्तुको आयोजनामा भएको कार्यक्रम परियोजना संयोजक रिखिराम हरिजनको अध्यक्षता तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष चौधरीले अल्पसंख्यक तथा लोपोन्मुख समुदायका अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रम…

सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य

बुटवल, असार ४ गते बिहिबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनिकरणकालागि बिशेष…

विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन संघीयता सुदृढीकरणमा कोसेढुङ्गाःमुख्यमन्त्री आचार्य

देउखुरी, दाङ,  असार २ गते मङ्गलबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाका विशेषाधिकार समितिहरूबीचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ ।लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा दाङको राप्ती उपत्यकास्थित लुम्बिनी सभाहलमा सुरु भएको बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति…

विश्व वातावरण दिवसको अवसरमा राप्तीमा वृक्षारोपण

भालुबाङ, २२ जेठ।विश्व वातावरण दिवसको अवसरमा दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित लालमटिया स्वास्थ्य चौकी परिसरमा शुक्रबार वृक्षारोपण गरिएको छ। ‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित राप्ती गाउँपालिकाको वन तथा वातावरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सुपारी ,आँप कल्की,पारिजात, समुन्द्री फूललगायत विभिन्न फलफूलका बिरुवा रोपिएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर…